हामीसँग जोडिनुहोस

संसदमा आज अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने

0 मिनेट

काठमाडौं,२ जेठ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिने भएका छन्।

बैठक बिहान ११ बजे बस्नेछ। आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदले धारणा राख्ने क्रम शुक्रबार नै सकिने छ ।

सांसदले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि यो प्रस्तावमा छलफल भइरहेको छ।

सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।