हामीसँग जोडिनुहोस

नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

0 मिनेट

काठमाडौं,२ जेठ।

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए। बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए।

ट्रेण्डिङ