हामीसँग जोडिनुहोस

 आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सुपर थ्रीमा प्रवेश गर्न सफल

1 मिनेट

काठमाडौं,२ जेठ।

आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सुपर थ्रीमा प्रवेश गर्न सफल भएको छ।

हङकङ र बहराइनबीचको आजका लागि तय भएको खेल वर्षाका कारण रद्द भएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा रहेर सुपर थ्रीमा प्रवेश गरेको हो।

यसअघि बिहीबार भएको खेलमा पनि वर्षा बाधक भए पनि रिजल्ट निस्किएको थियो। उक्त खेलमा नेपालले बहराइनलाई ६ विकेटले हराएको थियो। जसका कारण नेपालको सुपर थ्रीमा पुग्ने सम्भावना जीवित रहेको थियो। अन्ततः शुक्रबार नेपाल अनुकूल नतिजा आएपछि सुपर थ्रीमा प्रवेश गर्न सफल भयो।

नेपालले ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक जोड्न सफल भयो। अर्को तर्फ शुक्रबार हङकङ र बहराइनको खेल वर्षाले रद्द हुँदा ४ खेलमा हङकङको पनि ५ अंक भयो तर नेपालले २ खेल जितेको कारण सुपर तीनमा पुग्दा हङकङले एकमात्र जित निकालेका कारण समान अङ्कका कारण बाहिरियो।

छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो। हरेक समूहको विजेता सुपर थ्रीमा प्रतिस्पर्धा गर्ने प्रावधानअनुसार नेपाल, युएई र थाइल्यान्डले सुपर थ्रीमा खेल्ने छन्।

सुपर थ्रीमा सबैले एकअर्कासँग १ पटक खेल्नेछन् भने पहिलो चरणको अंक पनि जोडिने छ। शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ।

ट्रेण्डिङ