नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दैछ । पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक दिउँसो २ः०० बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए।
बैठकमा संसद्मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटबारे छलफल हुनेछ। साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए।









