हामीसँग जोडिनुहोस
Latest
बुधबार, माघ ८, २०८२

रुस र युक्रेनबीच टर्किएको राजधानी इस्तानबुलमा वार्ता

1 मिनेट

काठमाडौँ,३ जेठ।

रुस र युक्रेनबीच टर्किएको राजधानी इस्तानबुलमा वार्ता भएको छ । दुई देशबीच युद्ध शुरू भएको झन्डै तीन वर्षपछि रुस र युक्रेनका अधिकारीबीच आपसी छलफल भएको हो ।

यो वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन् । वार्तामा रुस र युक्रेनले एक/एक हजार युद्धबन्दी रिहा गर्ने सहमतिसमेत गरेका छन् ।वार्तापछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै रुसको वार्ता टोलीको नेतृत्व गर्नुभएका भ्यादिमिर मेडिन्स्कीले हिजोको वार्ताबाट आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले रुस आउँदा दिनमा हुने वार्ताका लागि पनि तयार रहेको बताउनुभयो ।

युक्रेनी पक्षले दुई देशका राष्ट्रपतिबीच सोझै छलफल हुनुपर्ने शर्त राखेको थियो । रुस र युक्रेनबीचको वार्ताका लागि टर्किएले मध्यस्थता गरेको हो ।

यसअघि यो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने भनिएको थियो तर अन्तिम समयमा उहाँहरु उपस्थित हुनुभएन ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीच युद्ध रोकिने आशा जगाएको थियो ।

सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो । पछिल्लो ३ वर्षमा रुस–युक्रेन युद्धमा हजारौं सेना र सर्वसाधारण मारिएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।