हामीसँग जोडिनुहोस

न्यू पोर्ट क्लबसँगको अभ्यास खेलमा नेपाल तीन विकेटले विजयी

1 मिनेट

काठमाडौँ,३ जेठ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड शृङ्खलाको लागि तयारी गर्न बेलायत पुगेको नेपाली क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ ।

कार्डिफमा हिजो भएको खेलमा न्यू पोर्ट क्रिकेट क्लबलाई नेपालले तीन विकेटले हरायो । नेपालले दुई सय १३ रनको लक्ष्य ३८ औं ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍याे।

खेलमा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गरे । गुलशनले ८० रन जोडे । आरिफ ७२ रनमा अविजित रहे ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । उनी आउट हुँदा नेपालले ५६ रनमा ६ विकेट गुमाएको थियो । त्यसअघि न्यू पोर्टले दुई सय १२ रन बनाएको थियो । यो खेलमा नियमित कप्तान रोहित पौडेल अनुपस्थित रहेका थिए ।

लिग–२ अन्तर्गत नेपाल, आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुने शृङ्खला आउँदो जुन २ देखि १० तारिखसम्म हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।