हामीसँग जोडिनुहोस

विश्व उच्च रक्तचाप दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

1 मिनेट

काठमाडौँ,३ जेठ।

 आज विश्व उच्च रक्तचाप दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

यसवर्षको नारा ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नुहोस्, लामो समय बाँच्नुहोस्’ रहेको छ ।

बेला–बेला रक्तचाप मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गरी यसवर्षको उच्च रक्तचाप दिवस मनाउन लागिएको हो ।

उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ देखि यो दिन मनाउन शुरू गरिएको हो ।

बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीलगायतले मानिसलाई ‘हाइपरटेन्सिभ’ बनाउने गरेको डाक्टरले बताएका छन् ।

‘ब्लडप्रेशर’लाई ठीक ठाउँमा राख्न आवश्यक छ । सामान्यतया माथिल्लो ‘प्रेशर’ अर्थात् ‘सिस्टोलिक’ १२० र तल्लो ‘डायस्टोलिक’ ८० हुने गर्छ । विशेषगरी हृदय रोगको कारक तत्वमा रक्तचाप उच्च हुनुलाई मानिन्छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।