
काठमाडौँ,३ जेठ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहेका कतारकव विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गरेका छन् ।
सगरमाथा संवाद स्थलमा शनिबार भएको भेटमा उनीहरुबीच दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।भेटका अवसरमा मन्त्री शाहीले दुई देशबीच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने उल्लेख गरेका थिए ।
साथै नेपालले कतार सरकारलाई उपहारस्वरुप उपलब्ध गराइने भनिएको एक जोडी हात्ती प्रदान गर्नका लागि प्रक्रिया अघि बढाउन एक महिनाभित्र पत्राचार गरिने मन्त्री शाहीको भनाइ थियो ।