हामीसँग जोडिनुहोस

काठमाण्डौमा शुक्रवारदेखि शुरु भएको सगरमाथा संवाद आज समापन हुँदै

1 मिनेट

काठमाडौं,४ जेठ। 

काठमाण्डौमा शुक्रवारदेखि शुरु भएको सगरमाथा संवाद आज समापन हुँदैछ । जलवायु परिवर्तनबाट सिर्जित समस्या विश्व समुदायलाई महसुस गराउने मुख्य उदेश्यले काठमाण्डौमा पहिलो पटक तीन दिने सगरमाथा संवाद आयोजना भएको हो ।

जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाण्डौ घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ ।

सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् । उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम सीमित गर्नुपर्ने आवश्यकता, उच्च भूभागदेखि टापुसम्मको सम्बन्ध, खाद्य सुरक्षा र जलवायु उत्थानशील कृषि, हिमाली समुदायको नेतृत्वमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी पहललगायतका विषयमा समानान्तर सत्र सम्पन्न भएका हुन् ।

शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभएको थियो । त्यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गर्नुभएको थियो । सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’को मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ ।

सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित तीन सय ५० जनाभन्दा धेरै विशिष्ट व्यक्तित्वको सहभागिता छ । नेपालले हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।