
काठमाडौं,४ जेठ।

काठमाण्डौमा शुक्रवारदेखि शुरु भएको सगरमाथा संवाद आज समापन हुँदैछ । जलवायु परिवर्तनबाट सिर्जित समस्या विश्व समुदायलाई महसुस गराउने मुख्य उदेश्यले काठमाण्डौमा पहिलो पटक तीन दिने सगरमाथा संवाद आयोजना भएको हो ।
जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाण्डौ घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ ।
सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् । उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम सीमित गर्नुपर्ने आवश्यकता, उच्च भूभागदेखि टापुसम्मको सम्बन्ध, खाद्य सुरक्षा र जलवायु उत्थानशील कृषि, हिमाली समुदायको नेतृत्वमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी पहललगायतका विषयमा समानान्तर सत्र सम्पन्न भएका हुन् ।
शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभएको थियो । त्यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गर्नुभएको थियो । सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’को मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ ।
सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित तीन सय ५० जनाभन्दा धेरै विशिष्ट व्यक्तित्वको सहभागिता छ । नेपालले हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






