हामीसँग जोडिनुहोस

सभामुख घिमिरेद्धारा महायज्ञ एव भवनको उद्घाटन

3 मिनेट
भक्तपुर, ४ जेठ : सभामुख देबराज घिमिरेले समाज, राष्ट्र, आफैं र आफ्नै घरपरिवार प्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माण आजको आवश्यकता रहेको बताउनु भएको छ ।
आज भक्तपुरको गठ्ठाघरमा सनातन पितृमुक्ति समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले राष्ट्र र समाजप्रति दायित्व बोध गर्ने असल नागरिक आवश्यक भएको बताउनु भएको हो ।
हाम्रो समाजमा हुने धार्मिक कार्यले नै संस्कृति र परम्पराको महत्व दर्शाउँदै समाजलाई सुव्यवस्थित एवं सरल ढंगले अघि बढाउन टेवा पुर्याउने चर्चा गर्दै उहाँले धार्मिक कार्यको माध्यमबाट समाजको उत्थान औल्याउनुभयो ।
सभामुख घिमिरेले हाम्रै पुर्वीय दर्शनमा आधारित रहेर नै पश्चिमा दर्शन बनेको बताउदै पुर्वीय दर्शनमै टेकेर उनीहरुले बिज्ञानलाई प्रयोग गर्दै चमत्कार प्रदर्शन गरेको बताउनुभयो । उहाँले नयाँ पुस्ता बिज्ञानले गरेका प्रगति र चमत्कार देखेर पश्चिमा दर्शनप्रति बढी आकर्षित भएपनि त्यसको जग पुर्वीय दर्शन र संस्कृति नै रहेको दाबी गर्नुभयो । पश्चिमा दर्शनले पुर्वीय दर्शनबाट धेरै पाठ सिकेको भन्दै उहाँले अहिले अमेरिकामा बेदको अध्ययन र अनुसन्धान हुन थालेको बताउनुभयो ।
सभामुख घिमिरेले समाजले यसअघि निर्माण गरेको पितृमुक्ति समाज र अग्रज जेष्ठ नागरिकको निर्माणाधिन भवनको उद्घाटन गर्नुभयो । समाजका अध्यक्ष खेमप्रसाद सुवेदीले पितृमुक्तिको लागि १३ दिनसम्म क्रियाकर्म गर्न, किरियापुत्रीसहितको सामुदायीक बहुउदेश्यीय अधूरो भवनलाई पूर्णता दिन रु. दुई करोड रुकम संकलन गर्ने उदेश्यले भक्तपुरको गठ्ठाघरमा आजदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु गरेको बताउनुभयो ।
महायज्ञ प्रचार समितिका संयोजक एवं समाजका महासचिव नारायणप्रसाद न्यौपानेले समाजले २०६९ सालको पुराणबाट संकलित रकमबाट निर्माण सुरु गरेको सामुदायीक भवन निर्माण कार्य पुरा गर्ने उदेश्यले आयोजना गरेको महायज्ञ १० गते सम्पन्न हुने र महायज्ञ अबधीभर वाचिका राधिका दासीबाट कथा प्रवचन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यहाँको अधुरो भवन पुरा गर्ने उदेश्यले महायज्ञ लगाएर यसबाट दुई करोड रकम संकलन गर्ने लक्ष्य लिएका छौँ । संकलित रकमबाट बहुउदश्यीय भवन निर्माण परा गरि पुस्तकालाय स्थापना तथा अक्षयकोष समेत निर्माण गर्ने लक्ष्य राखेका छौँ ।”
पाँच आना दुई पैसा क्षेत्रफल रहेको जग्गामा तीन तला भवन निर्माण भइसकेको जानकारी दिदै समाजका उपाध्यक्ष सीता अधिकारीले शौचालय, ढिकोरो उठाउन ठाउँ निर्माणलगायत बिभिन्न संरचना निर्माणमा एक करोड ६३ लाख रुपैयाँ खर्च भई १६ लाख ऋण अझै रहेको बताउनुभयो । पाँच आना दुई पैसा क्षेत्रफल जग्गामा तीनतले भवन बनिसकेको र हालसम्म करिब १ करोड ६३ लाख रुपैयाँ खर्च भइसकेका छ । महायज्ञ सफल बनाउन १७ वटा उपसमिति गठन गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।