हामीसँग जोडिनुहोस
Latest
शुक्रबार, बैशाख ४, २०८३

 मन्त्रिपरिषद्को बैठक आज बस्दै,बैठकमा गभर्नर नियुक्त हुन सक्ने

1 मिनेट

५ जेठ,काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।

आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ।

सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन्। समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ। समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ।

गभर्नर बन्ने भन्दै यसअघि सिफारिस समितिमा रहेका डाक्टर विश्व पौडेलले राजीनामा दिएका छन्। सरकारले उनैलाई गभर्नर बनाउने तयारी गरेको छ।  सरकारले गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गर्न लागेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित अदालतमा मुद्दा दायर भएको छ। मुद्दा दर्ता भएको छ। यसअघि अदालतले सो मुद्दालाई दरपीठ गरेको थियो।

अदालतले भोलि पेशीमा राखेको छ।  तर, त्यसअघि बिहान कार्यालय खुल्ने बित्तिक्कै नयाँ गभर्नरको शपथ प्रधानन्यायाधीशबाट गराएर पदबहालीसम्मको योजना रहेको बताइन्छ।

राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्ति हुन नसक्ने नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) को विपरितका डाक्टर विश्व पौडेललाई अघि सारेको पनि निवेदनमा दावी गरिएको छ। पौडेल उनै हुन् जो गत आम निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार हुन्। उनी कांग्रेसको क्रियाशील सदस्य रहेको जनाइएको छ। तर, उनले भने आफूले सदस्यता नवीकरण नगरेको दाबी गर्दै आएका छन्।

गभर्नर महाप्रसाद अधिकारीको गत चैत २४ गते कार्यकाल सकिए पनि राजनीतिक दाउपेचका कारण सरकारले अझै गभर्नर नियुक्त गर्न सकेको छैन।

यसअघि बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा सहमति भएको भन्दै उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, कामु गभर्नर डाक्टर निलम ढुंगानाले राजीनामा स्वीकृत नगरेपछि सरकारले उनलाई गभर्नर बनाउन सकेन।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।