हामीसँग जोडिनुहोस

रेशम चौधरीलाई थुनाउने महिमान सिंह विष्टलाई १ लाख धरौटीमा छाड्न आदेश

0 मिनेट

५ जेठ,काठमाडौँ ।

काठमाडौँ जिल्ला अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्ने आदेश गरेको छ।

न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले थाहाखबरलाई जानकारी दिए।

विष्टले प्रहरीलाई पत्र काटी चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न भनेका थिए।

उक्त पत्र उनी आफैँ लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका र सोही पत्रका आधारमा पक्राउ परेका चौधरी केही घण्टा कारागार चलान भएको थिए।

उनले काटेको पत्र आधिकारिक नरहेको सर्वोच्च अदालतले जनाएपछि चौधरीलाई रिहा गरियो भने विष्ट पक्राउ परेका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।