हामीसँग जोडिनुहोस

आईसीसी विश्वकपको एशिया छनोटअन्तर्गत नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

1 मिनेट

काठमाडौं,६ जेठ। 

आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । याेसँगै थाइल्यान्डले अपराजित रहँदै उपाधि जित्दा नेपाल उपविजेतामा सीमित भयाे ।

थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो । नेपालकी कविता कुँवरले सबैभन्दा धेरै २४ रन बनाइन् । थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन् ।

यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । थाइल्यान्डका नाट्या बोचाथम र नन्नापट कोन्चारोन्काईले अर्धशतक बनाए । नेपालका राजमती ऐरी र मनिषा उपाध्यायले १/१ विकेट लिए ।

नेपाल र थाइल्यान्ड यसअघि नै एशियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा पुगिसकेका छन् । विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनाेटमा शीर्ष ४ मा रहने टोली इङ्ग्ल्यान्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा पुग्नेछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।