हामीसँग जोडिनुहोस

एकीकृत समाजवादीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

0 मिनेट

काठमाडौँ,७ जेठ  ।

सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने नारासहित चैतबाट आन्दोलन सुरु गरेको नेकपा (एकीकृत समाजवादी)ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पछिल्लो सचिवालय बैठकले दोस्रो चरणको आन्दोलनको रूपरेखा तय गरेर वैशाख ६ गते देशभरका पार्टी कमिटीलाई परिपत्र जारी गरेको हो ।

महासचिव घनश्याम भुसालले जारी गरेको परिपत्रमा दोस्रो चरणको आन्दोलनअन्तर्गत जेठ ५ देखि ३१ गतेसम्मका कार्यक्रम समावेश छन् । वडादेखि केन्द्रसम्मका आन्दोलन कार्यक्रम अन्तर्गत कोणसभा, धर्ना, विचारगोष्ठी, मागपत्र बुझाउनेलगायत छन् ।

जेठ महिनाको आन्दोलनले पार्टी पङ्क्तिलाई सम्पूर्ण रूपले आन्दोलनको वरिपरि गोलबन्द गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

।’

ट्रेण्डिङ