हामीसँग जोडिनुहोस
Latest
बुधबार, माघ ८, २०८२

नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने

1 मिनेट

काठमाडौँ,७ जेठ  ।

नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बुधवार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।

नयाँ क्रियाशील सदस्यता जातजाति, वर्ण, लिंग, पछिल्लो पटकको मतभारको प्रतिशत, जनसंख्याको आधार, पार्टीले पाएको मतको आधारमा प्रतिशत निर्धारण गरेर दिने निर्णय पनि बैठकले गरेको छ ।
 अहिले ७७ जिल्लामा अनलाइनमा क्रियाशील सदस्यताको नवीकरण प्रविष्ट गर्ने काम भइरहेको छ । ‘सबै जिल्लामा सदस्यता नवीकरणको विवरण प्रविष्ट गर्ने काम भइरहेको छ , काम नभएको र सुरु नगरेको भन्ने जिल्ला छैन,’ स्नेहीले भने ।
असार मसान्तसम्म अनलाइनमा नवीकरणको काम नसकिए अटो लकको सिस्टम राख्ने निर्णय भएको पनि स्नेहीले जानकारी दिए ।
कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणमा १० जिल्लामा चर्को विवाद देखिएको निष्कर्ष समितिको आज बसेको बैठकले निकालेको छ । सदस्य स्नेहीका अनुसार काठमाडौँ, बारा, सर्लाही, ओखलढुङ्गा खोटाङ, सिराहा, धनुषा, कपिलवस्तु, पश्चिम नवलपरासीलगायतमा चर्को विवाद देखिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।