हामीसँग जोडिनुहोस

चालु आर्थिक वर्ष देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो

1 मिनेट

काठमाडौँ,७ जेठ  ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म (१० महिना) मा १६ खर्ब ९२  अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको भन्सार विभागकाे आज प्रकाशित तथ्यांकमा उल्लेख छ  । गत  वर्षको यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।

चालु वर्षको १० महिनाको अवधिमा आयात निर्यात दुवैको वृद्धिसँगै वैदेशिक व्यापार बढेको छ । ८७.१२ प्रतिशतको आयात हुँदा १२.८८ प्रतिशत निर्यात भएको छ । यसअनुसार देशको व्यापार घाटा साढे १२  खर्ब नाघेको छ ।

वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर वैदेशिक व्यापार घाटामा गएको विभागकाे तथ्याङ्कमा उल्लेख छ  । जबकि अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ रहेको थियो । चालू वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब ३५  करोड रुपैयाँको वस्तु आयात भएको थियो ।जसअनुसार आयातमा १३.११ प्रतिशतले वृद्धि भएको देखिन्छ । साथै यो वर्षको वैशाख मसान्तसम्म निर्यातमा ७२.७१ प्रतिशतले वृद्धि भएको छ  ।

विभागका अनुसार वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ  । गत  वर्षको यसै अवधिमा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।