हामीसँग जोडिनुहोस

प्रधानमन्त्री कप भलिबल आजदेखि पोखरामा शुरू हुँदै

1 मिनेट

काठमाण्डाै,८ जेठ ।

नवौं संस्करणको ‘प्रधानमन्त्री कप – एनभीए महिला तथा पुरुष भलिबल क्लब लिग’ भोलिदेखि पोखरामा शुरू हुँदैछ । नेपाल भलिबल क्लब (एनभीए) को आयोजनामा हुने प्रतियोगिता आउँदो १५ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब गरी ८ वटा टिम सहभागी छन् ।

यस्तै महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश गरी ६ वटा टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले काभा भलिबल क्लब च्याम्पियनशिपमा खेल्ने मौका पाउनेछ । दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैबीच, भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।