
काठमाडौँ, जेठ ८ गते ।
काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ।
आज अदालतमा पेश गरिएकामा ५३ जनालाई नै २ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले थाहाखबरलाई जानकारी दिए।
काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
उनीहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।
राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत चैत १५ गते प्रसाईं आफैँले गाडी कुदाएर निषेधित क्षेत्र ताेडेका थिए।