हामीसँग जोडिनुहोस

१०८ फिट अग्लो शिव मूर्तिका निर्माणका लागि २ करोड २९ लाख २० हजार ३५० रुपैयाँ संकलन

3 मिनेट
भक्तपुर, ८ जेठ  चाँगुनारायण नगरपालिका–८, कलमसीमा निर्माणाधीन १०८ फिट अग्लो शिव मूर्तिका निर्माणका लागि २ करोड २९ लाख २० हजार ३५० रुपैयाँ बराबरको सहयोग संकलन भएको छ ।
शिव पुराण महायज्ञ आयोजक समितिले गत बैशाख २ गतेदेखि १३ गतेसम्म आयोजना गरिएको शिवपुराण ज्ञान महायज्ञमा दाताहरुबाट संकलित आय–व्यय सार्वजनिक गर्न आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले उक्त आम्दानी र खर्च सार्वजनिक गरेको हो ।
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर मन्दिर निर्माण परिसरमा गत आयोजना गरिएको महायज्ञमा कूल आम्दानी मध्येबाट २८ लाख ४६ हजार ५०२ रुपैयाँ महायज्ञ सञ्चालनमा खर्च भएको समितिका कोषाध्यक्ष एवं लेखा संयोजक नारायणी फुँयालले बताउनुभयो ।
कार्यक्रममा चानपा–८ का वडाध्यक्ष एवं महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक जनक खत्रीले महायज्ञमा भएको सम्पूर्ण खर्च कटाएर कूल २ करोड ७३ हजार ८४८ रुपैयाँ रकम बचत भएको बताउनुभयो । उहाँले महायज्ञको खर्चमा दाताहरुको दिएको दानबाट एक रुपैयाँ पनि खर्च नगरी मल आयोजक समितिमा रहेका १३ सय सदस्यबाट संकलन गरिएको रकमबाट खर्च गरिएको बताउनुभयो ।
उहाँले एशियाकै अग्लो शिव मूर्ति र आसपासमा बनाइने धार्मिक संरचनाका लागि डिपिआरमा केही संशोधन हुने जानकारी दिदै भन्नुभयो, “यहाँको करिब ८० रोपनी क्षेत्रफलमा १०८ फिट अग्लो बसेको शिवमूर्ति निर्माणको सुरुवात भइसकेको छ, त्यो शिवमूर्तिलाई वरिपरि १००ड शिवलिङ्गले घेरिने छ । मन्दिर परिसरमै २७ नक्षत्रसहितको वाटिका, नवग्रहलगायत अन्य देवीदेवताका मूर्ति र संरचना निर्माण गर्नेछौँ । यहाँ बन्ने बिद्धाश्रम निर्माणको कार्य सामाजिक विकास मन्त्रालयको रु. २५ लाखको सहयोगमा सुरु भइसकेको छ ।”
नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकालाई विश्वकै पर्यटकहरुलाई आकर्षित गर्ने गरि धार्मिक पर्यटनको नयाँ गन्तब्य बनाउन १०८ फिट अग्लो शिव मूर्ति निर्माण सुरु भएको बताउनुभयो । उहाँले तीन तहकै सरकारको सहयोगमा यो आयोजना २०८२ भित्रै सम्पन्न गरेर २०८३ मा पर्यटकको आगमन गराइने बताउदै उपत्यका विकास प्राधिकरणले गतवर्ष एक कराड ५० लाख र यसवर्ष पनि एक करोड ५० लाखको बजेट यहाँको लागि व्यबस्थापन गरेको बताउनुभयो ।
यसवर्ष शहरी विकास मन्त्रालयबाट पाँच करोड रुपैयाँ रकम आउने मन्त्रालयले जानकारी गराएको बताउदै उहाँले २०८२ साल भरि सञ्चालन हुने भ्रमण वर्ष भित्रै यो आयोजनाका मूल कार्य सम्पन्न गर्नेगरि काम अगाडि बढाउनु पर्ने बताउनुभयो । त्यसका लागि नगरपालिकाले समेत बजेटको ब्यबस्थापन गर्ने उहाँले बताउनुभयो ।
काभ्रेको बनेपा नगरपालिका–१ सिमानासमेत रहेको कलमसी कालिका–कल्पेश्वर धाम नामले चिनिने यस क्षेत्रलाई एशियाकै अग्लो शिव मन्दिर बनाउन शिव तान्त्रिक (बुद्धिकुमार खड्गी) को परिकल्पना र लगानीमा सात वर्ष अगाडि नै संरचना एवं मूर्ति निर्माण सुरु गरेपनि अधूरो योजनाहरु पुरा गर्न नगरपालिका र स्थानीयले अग्रसरता लिएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।