हामीसँग जोडिनुहोस

पत्रकारलाई मोबाइल जर्नालिज्म (मोजो) सम्बन्धी प्रशिक्षण सम्पन्न

2 मिनेट
भक्तपुर, ८ जेठ : नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको मोबाइल जर्नालिज्म (मोजो) सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा आज भक्तपुरमा आयोजना गरेको तालिममा नगरपालिकाका प्रमुख वासुदेव थापाले पित पत्रकरिताको अन्त्य हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “यो कस्तो पत्रकारिता हो, बुझेदै नबुझी निहित स्वार्थका लागि केही पत्रकारले पित पत्रकारिता गरेका छन्, मेयरले २० करोड खायो भनेर लेख्नु अगाडि प्रमाण पेश गर्नु पर्ला, यो दुई पटकको कार्यकालमा एक रुपैया मात्रै पनि हिनामिना गरेको र गलत गरेको भए जेल जान तयार छु, यस्ता पित पत्रकारिता बन्द गरौ ।”
केही यस्ता पत्रकारले समग्र पत्रकारिता जगतको बदनाम बनाएको भन्दै उहाँले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारले सत्य, तथ्य र तथ्यांकमा आधारित रहेर समाचार सम्प्रेषण गर्न पर्नेमा जोड दिनुभयो ।
नयाँ नगरपालिकाको रुपमा रहेको सूर्यविनायकले विकासमा ठूलो फड्को मारेको बताउदै अबका बाँकी दुईवर्ष शिक्षा, स्वास्थ्य, खानेपानी र स्वरोजगारको व्यबस्थापनका लागि नगरपालिकाले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराईले भक्तपुरका पत्रकारले सूयविनायक नगरपालिकाका गतिविधिलाई जनतासम्म पुर्‍याएर सकारात्मक भूमिका खेलेको भन्दै प्रंशसा गर्नुभयो । उहाँले तालिमबट प्रविधिसँग मेल खाने पत्रकारितामार्फत क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गर्दै बदलिँदो डिजिटल प्रविधिप्रति सतर्क रहनुपर्ने सुझाव पनि दिनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पछिल्ला समयमा डिजिटल माध्यम एवं प्रबिधिको दुरुपयोग बढेदै गएकोमा सचेत हुनुपर्नमा जोड दिर्द पत्रकारहरूको व्यावसायिक क्षमता विकासमा अभिमुखीकरण कार्यक्रमले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नभयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसचिव नारायणसुन्दर किलम्बुले अबको पत्रकारिता चुनौतीपूण रहेको र बदलिदो प्रविधि अनुकूल परिमार्जन गरेर जानु पर्ने आवश्यकता औल्याउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले सूर्यविनायक नगरपालिकालाई कार्यक्रमका लागि सहयोग उपलब्ध गराएकोमा आभार प्रकट गर्दै वर्तमान डिजिटल युगमा मोबाइल पत्रकारिता आवश्यक भएको बताउनुभयो । सामाजिक सञ्जालमा प्रकाशित सामग्रीहरू सबै पत्रकारिता नभएको उल्लेख गर्दै उनले पत्रकारहरूलाई संयमित र सचेत रहन आग्रह गरे ।
कार्यक्रममा पत्रकार विकास कार्कीले भक्तपुरका पत्रकारहरुलाई तालिम प्रदान गर्नु भएको थियो। तालिम महासंघका उपाध्यक्ष हेमराज ढकालको संयोजकत्वमा सम्पन्न भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।