हामीसँग जोडिनुहोस

नियुक्ति बदरको माग गर्दै गभर्नर डा. विश्व पौडेलविरुद्ध सर्वाेच्चमा रिट निवेदन पेश

1 मिनेट

काठमाडौँ,९ जेठ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै पुनः सर्वोच्च अदालतमा निवेदन पेस भएको छ।अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा आज निवेदन पेश गरेका हुन्।

उनीहरूको रिट सर्वोच्चमा आइपुगेको तर दर्ता भइनसकेको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले थाहाखबरलाई जानकारी दिए।

पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजित उम्मेदवार रहेको र गभर्नर सिफारिस समितिका पदाधिकारी भई राजीनामा गरेको रिट निवेदनमा उल्लेख छ।

सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैँ छनोट हुने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको पौडेलको सिफारिस, नियुक्ति तथा शपथको निर्णय बदर गर्नुपर्ने रिटमा माग गरिएको छ।

साथै मुद्दाको टुंगो नलागुञ्जेलसम्म गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न÷नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।