हामीसँग जोडिनुहोस

प्रहरीले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझायो

1 मिनेट

काठमाडौँ,९ जेठ ।

प्रहरीले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान प्रतिवेदन प्राप्त भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले बताए ।

पुर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईँलाई हत्या सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सहित ८ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।
प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम र अछाम पञ्चदेवल नगरपालिका–५ घर भएका २० वर्षीय गोकर्ण शाही उर्फ अनुप बिक्रम ठकुरीलाई पनि  हत्या मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।