हामीसँग जोडिनुहोस

यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम

1 मिनेट

काठमाडौँ,९ जेठ ।

यस वर्ष बर्खायाममा सरदरभन्दा बढी पानी पर्ने, गर्मी पनि उच्च हुने प्रक्षेपणसँगै डेङ्गी सङ्क्रमण पनि थप बढ्न सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेसँगै डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने अनुमान गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम विभागले धेरै पानी पर्ने भनेको अवस्थामा पूर्वानुमान मिल्यो भने त्यसले डेङ्गी सङ्क्रमणको जोखिम बढाउने बताउनुभयो । पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टेलाई अनुकुल वातावरण बन्छ ।

डा.दाहालका अनुसार गएको वर्षको तुलनामा अहिले डेङ्गीको कम सङ्क्रमण देखिएको छ । तर अनुकुल वातावरण अब बन्दै जानेछ  । त्यसैअनुसार पूर्वतयारी र सतर्कता अपनाउन डा. दाहालले आग्रह गर्नुभएको छ । पानी सङ्कलन हुने टायर, गमला, लामखुट्टे बस्ने झाडीको अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ ।

डाक्टरका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गी रोग लाग्छ । अघिल्लो वर्ष सन् २०२४ मा डेङ्गी सङ्क्रमण देशभर फैलिएको थियो । त्यसबाट १५ जनाको ज्यान गएको थियो भने झन्डै ४२ हजार जना सङ्क्रमित भएका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।