हामीसँग जोडिनुहोस

नेपालमै पहिलो पटक मस्तिष्कमृत्युबाट प्राप्त कलेजो र मिर्गौला एक साथ प्रत्यारोपण, ३०० शययाको भवन बनाउन जग्गा माग

3 मिनेट

-रमेश गिरी

भक्तपुर, ११ जेठ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलो पटक विश्वमै दरुलभ मानिने मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको जानकारी दिनुएको हो ।

यहीँ जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट प्राप्त दुई मिर्गौला र एक कलेजो प्राप्त भएपछि काठमाडौं मेडिकल कलेजले झिकेको अंग दुई व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले विश्वमै दुर्लभ मानिएको र नेपालका लागि पहिलो सफलता प्राप्त भएको बताउदै भन्नुभयो, “मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको तीन अंग मध्ये एकजना बिरामीमा मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएको छ र अर्का ४२ वर्षीया एक महिलामा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छौँ, उहाँको स्वास्थ्य अबस्था सुधार र राम्रो छ, अबको केही दिनमै उपचार सकेर घर फर्किनुहुन्छ ।”

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा, कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रविण महर्जनको सहयोग र मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का, एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्य लगायतका स्वास्थ्यकर्मी टिमले सहफलतापूर्वक प्रत्यारोपण गरेको थियो ।

एकै व्यक्तिमा मस्तिष्क मृत व्यक्तिबाट प्राप्त कलेजो र मृगौला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षेत्रले ठूलो फड्को मार्न सम्भब भएको बताउनुभयो ।
नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन ४ देखि ६ जनाको मृत्यु हुने गरेको अबस्था र काठमाडौं उपत्यकामा मात्रै वार्षिक करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरिएकोमा उनीहरुको अंग झिकेर प्रत्यारोपण गर्न सके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने अस्पतालको भनाई छ । एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्रा गरि आठ जनामा अंग प्रत्यारोपण गरेर जीवन दिन सकिन्छ ।

मस्तिष्क मृत्यू पश्चातको अंगदान र प्रत्यारोपण संसारमै कठिनताका साथ स्थापित हुँदै गएको हुँदा यस सम्बन्धि व्यापक जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्चिमा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यू पश्चात हुने अंगदानबाट हुन सक्ने र देश अंग प्रत्यारोपण्मा आत्मनिर्भर हुने उहाँले बताउनुभयो ।
केन्द्रले वि.सं. २०७३ मंसिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो भने नेपाली टोलीबाट २०७५ कार्तिक १२ गते पहिलो पटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो ।

केन्द्रले हालसम्म ३ वर्षको बालकदेखि ६८ वर्षसम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण गरि ३४ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा रु. १५ देखि २० लाखमै कलेजो प्रत्यारोपण गर्ने गरिएको छ । यो विश्वमै सबैभन्दा सस्तो मानिन्छ । केन्द्रले देशमै पहिलो पटक २०७४ साल वैशाख २८ गते मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला प्रत्यारोपण गरेको थियो । त्यसपछि हालसम्म ६ जना व्यक्तिबाट १२ जनाको मिर्गौला र ४ जनाको कलेजो गरी जम्मा १५ जनाको प्रत्यारोपण गरेको केन्द्रको भनाइ छ ।

पत्रकार सम्मेलनमा ३०० शय्याको अस्पताल बनाउन जग्गा माग :

पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले देशको सातवटै प्रदेशमा प्रत्यारोण सेवा विस्तार गर्ने योजना बनाएको र बागमती, गण्डकी, कर्णली, लुम्बिनी गरि चार वटा प्रदेशमा प्रत्यारोपण सेवा शुरु गरि सकेको बताउनुभयो ।

प्रत्याारोण सेवा विस्तारका लागि आवश्क विशेषज्ञ जनशक्ति उत्पादन गर्न केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा ढिलाई भइरहेको बताउदै उहाँले उपयुक्त जग्गाको प्राप्त नहुँदा केन्द्र आफ्नै स्रोतबाट ३०० देखि ५०० शय्याको अस्पताल भवन बनाउने योजना अलपत्र परेको गुनासो गर्नुभयो ।

केन्द्रले भक्तपुर इट्टा टायल कारखाना रहेको उद्योग मन्त्रालय मातहतको जग्गा वा सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालको जग्गा मध्ये कुनै एक ठाउँको जग्गा प्राप्त गर्न सके भवन निर्माण छिटो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अंग फेल भएका गरिब नेपाली जनताको ज्यान बचाउन शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आफ्नै एक इन्च पनि जग्गा र भवन छैन । अहिले उपलब्ध भवन अत्यन्तै साँघुरो छ । केन्द्र आफैले ३०० बेडको भवन बनाउन सक्षम छ । त्यसैले उपयुक्त जग्गा तत्काल उपलब्ध गराउनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछु ।”

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।