हामीसँग जोडिनुहोस
Latest
शनिबार, बैशाख ५, २०८३

नगर प्रमुख जीवन खत्रीद्धारा एसईईमा चार जिपिएसहित उन्कृष्ठ हुने विद्यार्थीलाई सम्मान

4 मिनेट

भक्तपुर, २४ असार । चाँगुनारायण नगरपालिकाले २०८१ सालको एसईई परीक्षामा चाँगुनारायण नगरपालिकाबाट उत्कृष्ठ अंक ल्याएर उतीर्ण विद्यार्थीहरु र सतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल विद्यालयहरुलाई सम्मान गरेको छ ।

नगरपालिकाले छालिङ्गस्थित ब्रम्हकुमारी राजयोग केन्द्रको प्रशिक्षण प्रतिष्ठान भवनमा आयोजना गरेको ‘नैतिक परामर्श तथा सम्मान कार्यक्रम’ नगर प्रमुख जीवन खत्रीले विद्यार्थीहरुलाई सम्मान प्रदान गरेको हो । कार्यक्रममा नगर प्रमुख खत्रीले सामुदायिक विद्यालय मध्येबाट चार जिपिए ल्याउने महेन्द्रग्राम माध्यमिक विद्यालयकी छात्र गोमा श्रेष्ठलाई नगद रु. २५ हजारसहित सम्मान प्रदान गर्दै सम्मान गर्नुभयो ।

 

कार्यक्रममा उहाँले चागुनारायण नगरपालिकाका बिभिन्न सामदायिक तथा संस्थागत विद्यालयबाट एसईई उतीर्ण गर्ने छात्रछात्रलाई मायाको चिनो, प्रमाण पत्र प्रदान गर्दै टीका र खादा ओढाएर सम्मान गर्नु भयो भने विद्यालयका प्रधानाध्यापकहरुलाई समेत प्रमाण पत्र प्रदान गर्दै सम्मान गर्नुभयो । नगर प्रमुख खत्रीले एसईई उतीर्ण विद्यार्थीहरुलाई आफ्नो रोजाईको विषय लिएर उत्कृष्ठ नतिजा आउने गरि उच्च शिक्षा अध्ययन गर्न आग्रह गर्दै विद्यार्थीको सफलता नै नगरपालिकाको सफलता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरु कुनै बहकाउवमा नलाग्नुस्, आफूले रोजेको विषय अध्ययन गर्नुस्, तपाईको भविश्य चाँगुनारायणसंग जोडिएको छ, देशसंग जोडिएको छ । तपाईहरु असल भएर कर्णठ, योग्य र सफल नागरिक बन्दा तपाईहरुको मात्रै होइन, सिंगो चाँगुनारायणको शान बढ्छ, मान बढ्छ, तपाईको परिवारको खुसीसंगै सिंगो चाँगुनारायण खुसी हुन्छ, देश खुसी हुन्छ ।” उहाँले विद्यार्थीहरुको काँधमा थप जिम्मवारी आएको चर्चा गर्दै परिवार, विद्यालय, समाजको योगदानलाई कदर गर्दै विश्वमा प्रतिस्पर्धा गर्नसक्ने गरि अगाडि बढ्न आग्रह गर्नुभयो ।

गलत संगत र गलत बाटोमा नलाग्न विद्यार्थीलाई आग्रह गर्दै उहाँले शैक्षिक उपलब्धी हासिल गर्ने सन्दर्भमा कही कतै आर्थिक अभावले रोकिनु पर्ने अबस्था आएमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

विद्यार्थीलाई राजनीतिक नेतृत्वमा समेत आउन आव्हान गर्दै उहाँले भन्नुभयो, “असल मान्छे राजनीतिमा आउनु पर्छ, असल बन्नुस् र राजनीतिको नेतृत्व लिने गरि आउँनुस्, म पनि जागिर खाएर बस्ने सोचमा थिए तर क्याम्पसमा पुगेपछि देशमा भएको बिभेद, बिकृति, बिसंगतिले मलाई राजनीतिमा ल्यायो र देशको परिवर्तनमा लागे, तपाईहरु पनि आउँनुस् ।”

आफ्नो स्वार्थ पुरा गर्न, अमूक स्वार्थले राजनीतिमा आउने व्यक्तिले देश र जनताको लागि केही गर्न सक्दैन भन्दै उहाँले देश र समाजमा रहेको अभाव, विभद, बिकृति, बिसंगति हटाउने र विकासकाृ एक मात्र लक्ष्य लिएर विद्यार्थीहरु भोलीको नेतृत्व लिने अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कमला ज्ञवालीले देशमा रोजगारी प्रशस्त रहेपनि त्यसलाई बेवास्ता गरेको बताउदै कुनै पनि काम सानो ठूलो नहुने बताउनुभयो ।  हरेक वर्ष कपाल काट्नेले मात्रै नेपालबाट १८ अर्ब विदेशिने गरेको, लुगा सिलाउने कालिगढले वर्षेनी सात अर्ब ५० करोड रुपैयाँ विदेश लैजाने गरेको, सुन बनाउने कालीगढले हरेक वर्ष दुई अर्ब भन्दा बढी नेपाली रुपैयाँ विदेश लागने गरेको बताउदै यस्ता धृरै रोजगारीको क्षेत्रमा भारत, पाकिस्तान, बंगलादेशका नागरिकले काम गरेर नेपली पैसा विदेशिने गरेको बताउनुभयो ।

यस्ता क्षेत्रमा पनि नेपालीले व्यवसाय सुरु गरे नपाली रकम विदेशिन रोकिने र रोजगारीको सहज पहुच पुग्ने भएकाले नेपालमै केही गर्नेगरि अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य कमला गिरी भारती, नगरपालिका शिक्षा शाखाका प्रमुख जनार्दन रिजाल, ब्रम्हकुमारी राजयोग केन्द्रका प्रमुख एवं प्रशिक्षकहरुले विद्यार्थीहरुले असल बाटो रोज्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीले दुईघण्टाको ध्यान तथा योग शिक्षामा समेत ग्रहण गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।