हामीसँग जोडिनुहोस

भक्तपुर अस्पतालमा पाँच सहित प्रदेशका बिभिन्न अस्पतालमा १६ वटा डायलोसिस मेशिन जडान

1 मिनेट
भक्तपुर, २५ असार : वागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पताललगायत प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलोसिस मेशिन जडान गरेको छ ।
मिर्गौलाका विरामीलाई डायलोसिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेर एक पटकको रु. २५ सय तिरेर निजी अस्पतालमा जानु पर्ने बाध्यतालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलोसिस मेशिन जडान गरेको वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिनुभयो ।
मन्त्रालयले भक्तपुर अस्पतालमा पाँच वटा डायलोसस मेशिन ल्याएर जडान गरेको छ । मन्त्रालयले धादिङ अस्पतालमा २ वटा, सिन्धुली अस्पतालमा दुई वटा, त्रिशुली अस्पतालमा दुई वटा, बकुलहर रत्ननगर अस्पतालमा २ वटा र हेटौडा अस्पतालमा तीन वटा गरि १६ वटा डायलोसिसि मेशिन जडान गरिएको मन्त्री थापाले जानकारी दिनुभयो ।
डायलोसिस मेशिन जडानसंगै अस्पतालले मिर्गौलाका विरामीलाई सेवा प्रवाह गर्ने र विरामीले आफ्नै नजिकको अस्पतालमा सेवा प्राप्त गर्न सक्ने बताउदै मन्त्री थापाले प्रादेशिक अस्पताहरुमा उपकरणहरु थप गर्दै लैजाने बताउनुभयो ।
भक्तपर अस्पतालका कार्यकारी निर्देशन डा. सुरेन्द्र भट्टले अस्पतालले तत्कालै पाँच शय्याको डायलोसस सेवा सुरु गर्ने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।