
भक्तपुर, २५ असार। नेकपा एमालेका नेता एवं भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रथम नगर प्रमुख सोमप्रसाद मिश्रद्धारा लिखित पुस्तक शक्तिराष्ट्रहरूका राजनीतिक दलहरू -तुलनात्मक अध्ययन पाठक माझ आउने भएको छ ।

नेकपा एमालेका नेता एवं लामो समयदेखि अन्तर्राष्ट्रिय राजनीतिमा समेत चासो राख्दै अध्ययन गर्दै आउनु भएका अध्येता एवं नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका मिश्रको पुस्तक शक्तिराष्ट्रहरूका राजनीतिक दलहरू- तुलनात्मक अध्ययन आगामी शनिवार असार २८ गते विमोचन गरिने गरि तयारी पुरा भएको लेखक मि।ले जानकारी दिनुभया ।
पुस्तकको विमोचन तथा चर्चा थिमिको मिडभ्याली एसएस कलेजमा हुने भएकाले सबैमा उहाँले आमन्त्रण समेत गर्नु भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोकार्पण गर्ने पुस्तकको वक्ताहरू एवं राजनीतिक विश्लेषकहरु नेपाली काँग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायतले पुस्तकको विश्लेषण गर्नु हुने भएको छ ।
उक्त पुस्तकको प्रकाशन भने सिद्धान्त न्यौपानेले गर्नु भएको हो । पस्तकले विश्वको राजनीीतक परिवेशलाई चित्रण गरेको प्रकाशक न्यौपानेले जानकारी दिनुभयो ।
Related

अन्य समाचार
सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ३ लाख नाघ्यो
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
आज International Day of Human Space Flight विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।






