हामीसँग जोडिनुहोस

चाँगुनारायण मन्दिरमा ‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ आयोजना तयारी पुरा

3 मिनेट
==================================
नगर प्रमुख खत्रील भन्नुभयो, ‘कलाकारले उतारेका चाँगुनारायण भित्रका सम्पदा एवं पर्यटकीय क्षेत्रको चित्रहरुको प्रर्दशनीसमेत गरिने उक्त कार्यक्रममा वरिष्ट कलाकार र साहित्यकारहरुले भ्रमण वर्ष लक्षित बिभिन्न प्रर्दशनीमा रहेका चित्रलाई कवितामा उतार्दै वाचन गर्दै महोत्सव नौलो र फरक ढंगले चित्रकारसंग कविलाई जोडदै सम्पन्न गर्नेछौ, यसले पर्यटनको विकासमा टेवा पुर्याउने विश्वास लिएका छौँ ।’
===================================

भक्तपुर, २७ असार :  विश्व सम्पदा सूचीँमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिरमा भानु जयन्तीको अवसर पारेर चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गर्न लागेको ‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ तयारी पुरा भएको छ ।

नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को कार्यक्रम अन्तर्गत  यहीँ असार २९ गते आइतबार विश्व सम्पदा सूर्चीँमा सुचिकृत चाँगुनारायण मन्दिर परिसरमा आयोजना गर्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको भ्रमण वर्ष सचिवलायका सदस्य सचिव एवं नगरपालिकाका पर्यटन शाखाका प्रमुख गोविन्द कट्टेलले आज सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।
कला र साहित्यको संयोजनलाई एकै ठाउँमा जोड्दै चाँगुनारायणदेखि नगरकोटसम्मका प्रमुख पर्यटकीय गन्तव्यहरुलाई विश्वभरका पर्यटकमाझ पुर्याउने लक्ष्यका साथ कलाकारले कोरेको चित्रमा साहित्यकारले कविता रचना गरेर वाचन गर्ने गरि महोत्सवको आयोजना गरेको हो ।
विहान ८ बजेदेखि चाँगुनारायण मन्दिको प्राङ्गनमा चित्र हेर्दै कोरेका कविताहरुलाइ चर्चित कविहरु डा सुलोचना मानन्धर, पुरु लम्साल, स्नेह सायमी, श्रवण मुकारुङ, नारायण श्रेष्ठ, गिता त्रिपाठी, मणी लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना, विमला तुम्खेवाले कविता वाचन गर्नु हुनेछ ।
त्यस्तै विना थिङ, लक्ष्मी माली, जुनु घिमिरे, दधिराम गेलाल, लक्ष्मी रुम्वा, लक्ष्मी थापा, प्रगति राई, अनन्त वाग्ले, धर्मेन्द्र विक्रम नेम्वाङ, दिपक सापकोटा, गुरुङ्ग सुशान्त, अमन प्रताप अधिकारी, सिता तुम्खेवा, स्वप्तिन स्मृती, डा. सरोज धिताल, नरेन्द्रकुमार गेलाल, अप्सरा लावती, विप्लव प्रतिक, रामशरण न्यौपान, रामगोपाल आसुतोष र कविराज घिमिरेले कविता वाचन गर्नु हुनेछ ।
उहाँहरुले चाँगुनारायणका सम्पदा एवं पर्यटकीय क्षेत्रहरु चाँगुनारायण मन्दिर, ज्योतिर्लिङेश्वर, मत्स्यनारायण, नगरकोट भ्याली भ्यू, विष्णु नारायण, तामाङ समुदायको सांस्कृतिक नृत्य, त्रिशुल, रानीझुला, महामञ्जुश्री, बाल्मिकेश्वर, मुहान पोखरी, बोझिनी ड्याम, बाँस्तोला गाउँ होमस्टे, सरस्वती मन्दिर, मनोहराफाँटलगायतका बिभिन्न चित्रलाई कवितामा उतारेर वाचन गर्नु हुनेछ ।
कार्यक्रमका लागि चित्रकारहरु दिपेन्द्रमान बनेपाली, मुकेश श्रेष्ठ, प्रकाश मानन्धर, कान्छाकाजि भासिमा, राजेन्द्रप्रसाद याकामी, लक्ष्मीप्रसाद खोतेजा, पुण्यराम मावा, पर्वत श्रेष्ठ, जुजुभाई वासं श्रेष्ठ, अशुराम खाईजु, मंगलकृष्ण प्रजापति, राजन श्रेष्ठ,रामशरण प्रजापति, सरोज लामिछाने, गौरीमाया कोजु, दिपेशमान सिं प्रधान, झलक के.सी, अञ्जन अधिकारी, चन्द्रा श्रेष्ठ, राधेश्याम कर्माचार्य, किशोर नकर्मी, चन्द्र श्रेष्ठ गरि २२ कलाकारले क्यान्भासमा यहाँका सम्पदाहरुलाई चित्रमा उतार्नु भएको छ ।
नेपालकै पुरानो ऐतिहासिक संरचना र धार्मिक धरोहरका रुपमा रहेको चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पुर्याउँदै विश्वका पर्यटकको पहिलो रोजाई बनाउन नगरपालिकाले भ्रमण वर्ष आयोजना गरेको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो ।
नगर प्रमुख खत्रील भन्नुभयो, ‘कलाकारले उतारेका चाँगुनारायण भित्रका सम्पदा एवं पर्यटकीय क्षेत्रको चित्रहरुको प्रर्दशनीसमेत गरिने उक्त कार्यक्रममा वरिष्ट कलाकार र साहित्यकारहरुले भ्रमण वर्ष लक्षित बिभिन्न प्रर्दशनीमा रहेका चित्रलाई कवितामा उतार्दै वाचन गर्दै महोत्सव नौलो र फरक ढंगले चित्रकारसंग कविलाई जोडदै सम्पन्न गर्नेछौ, यसले पर्यटनको विकासमा टेवा पुर्याउने विश्वास लिएका छौँ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले उद्घाटन गर्नु हुने उक्त कार्यक्रममा ३३ कविहरुले कविता वाचन गर्ने र २३ जना कलाकारले कोरेका चित्रहरु प्रर्दशनीमा राखिने छ ।
चाँगुनारायणको कला, धार्मिक सम्पदा, ऐतिहासिक धरोहरलाई, यहाँका अनगिन्ती पर्यटकीय गन्तव्यलाई विश्व माफ फैलाउन अझै पछाडि परेको अबस्थामा नगरपालिकाले भ्रमण वर्षको आयोजनाले पर्यटकीय गन्तव्यलाई बढाउदै पर्यटकीय बसाईलाई लम्ब्याउने गरि पर्यटकलाई आकषर््िात गर्न भ्रमण वर्ष सफल हुने नगर प्रमुख खत्रीले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।