हामीसँग जोडिनुहोस

एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसमद मिश्रले लेख्नु भएको पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक विमोचन

1 मिनेट
भक्तपुर, २८ असार ः सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरु कुनै व्यबस्था हुन नसक्ने बताउनु भएको छ ।
आज भक्तपुरमा आयोजना गरेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसमद मिश्रले लेख्नु भएको पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट रहेकाले यसको बिकल्प हुन नसक्ने उहाँको भनाइ थियो ।
गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु ससदीय दल र नेताहरु लाग्नु पर्ने बताउनु भयो ।
सभामुख घिमिरेले राजनीतिक दलहरूले जनताले महसुस गर्न सक्ने सेवा प्रवाह गर्न व्यवस्था सुदृढ गर्नुपर्ने बताउदै उहाँले मानव जातिलाई प्रगतिको पथमा लैजान र व्यबस्थालाई बलियो बनाउने मेरुदण्ड राजनीतिक दलहरुनै भएको बताउनुभयो ।
देशको शासन प्रणाली पूँजीवादी भएपनि समाजवादी भएपनि , संसदले सरकार गठन, कार्यकारी भूमिकाको निगरानी तथा न्याय प्रदान गर्ने र दल था नेताहरुले जनताले महसुस गर्नेगरि काम गर्नुपर्ने बताउनुभयो ।
घिमिरेले संसद र राजनीतिक दलबीचको सम्बन्धबारे चर्चा गर्दै राजनीतिक दलहरू संसदमार्फत नीति निर्माणमा सक्रिय रहनुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, एमाले नेता एवं सांसद योगेश भट्टराई, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, काँग्रेस नेता एवं सांसद दूर्लभ थापा, जिल्ला मिन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापालगायतले पुस्तकको सकारात्मक विषय उजागर गर्न भयो ।
पुस्तकका लेखक मिश्र र प्रकाशन सिद्धान्त न्यौपानेले पुस्तकमा नेपालको मात्रै नभई विश्वको राजनीतिक परिवेशलाई नेपालको सन्दर्भमां जोडेर लैजानु पर्ने बताउनुभयो ।–––

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।