
भक्तपुर, १२ साउन : मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा पहिलो पटक आयोजना गरेको सुनामी खेलसहितको ‘फिस टनेल एक्स्पो–२०८२’ आजबाट सम्पन्न भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक महिने एक्स्पोमा ६० हजार आन्तरिक एवं बाह्य पयर्टकहरुले अवलोकन गर्दै सम्पन्न भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
नेपालमा दोश्रो र भक्तपुरमा पहिले पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको माछाहरु रहेको ‘फिस टनेल’मा बिभिन्न देशबाट आयात गरिएका पाँच हजारदेखि ३० हजारसम्म मूल्य पर्ने १६० प्रजातिका बिभिन्न जातका माछाहरुको ठूलो जलजीव अवलोकन गरेर नयाँ र नौलो अनूभूति संगाल्न पर्यटक सफल भएको उहाँले बताउनुभयो ।

सुरुङ आकारको माछा टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका बिभिन्न रंगका समुद्री माछाहरू टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको झल्को दिने गरि निर्माण गरि प्रर्दशनका लागि खुल्ला गरिएको थियो । एक्स्पोमा टिकटकका सौखिन, माछाका पारखीदेखि फोटो भिडियोका सौखिनहरु र नौलो अनूभूति लिनेहरुले एक्स्पोको अवलोकन गरेको उहाँले बताउनुभो ।
एक्सपोमा बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यमको रुपमा युवावर्गका निमित्त सुनामी राइड भएकाले विभिन्न जिल्लाका स्थानीय पर्यटनहरुको आगमनले आन्तरिक पर्यटनको प्रवद्र्धन भएको, आर्थिक उन्नती र स्थानीय पर्यटन प्रवद्र्धनमा टेवा पुगेको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष महतले सडकमा छाडा छोडिएका जनावरहरुलाई दैनिकी खाना खुवाउने, उपचार गर्नै सारा जनावर उद्दार केन्द्र नेपाललाई नौ हजार रुपैयाँ र राधेराधेस्थित संगम कोलोनीस्थित सामाजिक संस्था आडाम्सलाई रु. ५१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नु भयो । उहाँले आगामी दिनमा पनि विभिन्न मनोरञ्जात्मक खेल र थप प्रजातीका माछासहित फिसटनेल एक्सो सञ्चालनमा ल्याइने पनि जानकारी दिनुभयो ।
Related






