
भक्तपुर, १२ साउन ः दिनभरको झरीका बेवास्ता गर्दै आज एकदन भक्तपुरका शिवालयहरुमा एक लाख भन्दा बढी दर्शनार्थीको भूईचो लागेको छ । आज साउनको सोमबार झरीको बेवास्ता गर्दै आज विहानैदेखि दिनभरीनै सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

साउन १ गतेबाट सुरु भएको ३८ दिने श्रावणी मेलामा आज अत्याधिक दर्शनार्थी आएको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “झरीको बेवास्ता गर्दै बिहानैदेखि साँझ आरतीसम्म दर्शनार्थीको भीड लागेको छ, आज एकैदन ३० हजारभन्दा बढी दर्शनार्थीले डोलेश्वरको दर्शन गर्नु भएको छ । भारतीय दर्शनार्थी एवं पर्यटकको आगमन ह्वात्तै बढेको छ ।” वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले डोलेश्वरमा पूजा गर्दै डोलेश्वर धार्मिक पर्यटकीय गन्तव्यको नमूना भएको बताउदै स्वदेशीसंगै विदेशी पर्यटक र भक्तजनको आगमनले उत्साह थपेको बताउनुभयो ।

पशुपति नाथको मन्दिर दर्शन गर्न आँउने भक्तजनहरु समेत धेरैजसो डोलेश्वरदेखि आशापुरीसम्म आउने गरेको बताउदै उहाँले पुजाका लागि लाइन बसेका दर्शनार्थीलाई आधा भण्टा भित्र दर्शन गर्ने व्यबस्था गर्नु पर्ने बताउनुभयो । मन्त्री थापाले डोलेश्वर महादेव विश्वभर चर्चामा रहेको बताउदै नेपाली मात्रै नभई भारतीय पर्यटकको आगमन अत्याधिक बढेकाले धार्मिक पर्यटनको विकासमा मेलाले थप टेवा पुग्ने बताउनुभयो ।

मेला अवधिभर करिब तीन लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अपेक्षा गरिएको बतादै समितिका महासचिव हरिशरण बस्नेतले मेला अबधीभर करिब एक करोड ५० लाख रुपैयाँ दान संकलन हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले श्रावणी मेलामा शनिवार र सोमबार हजारौको भीड लाग्ने र अन्य दिन दैनिक एक हजार नेपाली तथा भारतीय दर्शनार्थी एवं पर्यटकको आगमन भएको उहाँले बताउनुभयो ।

मेलाका लागि करिब ६० जना स्वयंसेवक तथा स्काउटहरु परिचालन गरिएको छ । मेलामा नेपाली सेनाले स्वास्थ्य शिविर मत सञ्चालन गरेका छन् । मन्दिरमा दर्शन गर्न लामबद्धलाई करिब एक घण्टा भन्दा बढी समय लागेको थियो भने दिनभरी नै जगाती एवं सूर्यविनायकबाट डोलेश्वर सडक दिनभर सवारी जाम हुँदा यात्रामा कठिन भएको थियो ।

यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा लागेको एक महिने मेला अन्तर्गत आज २० हजार दर्शनार्थी पुगेको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । मनको आशा पुरा गर्ने विश्वासको रुपमा लिएको प्रसिद्ध आशापुरी महादेव मन्दिरमा डोलश्वर आउने पर्यटकहरुसमेत पुगेको उहाँले बताउनुभयो ।

साउन महिनाको हरेक सोमबार ब्रम्हा, विष्णु महेश्वरको एउटै स्वरुपमा प्रकट हुने जनविश्वास रहदै आएको भक्तपुर नगरपालिकामा रहेको विश्व प्रसिद्ध दत्तात्रय मन्दिरमा पनि दिनभरी नै दर्शनार्थीको भीड लागेको छ । यस मन्दिरमा आज एकैदिन २० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेको छन् । मन्दिरमा दिनभरी नै एक किलोमिटर लामो लाइन रहेको थियो ।

त्यस्तै आजै सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका प्रसिद्ध शिवालयहरु मध्ये गुप्तेश्वर महादेव मन्दिर सिरुटार, सोमलिङेश्वर महादेव मन्दिर सिरुटार, चरखण्डीश्वर महादेव मन्दिर दधिकोट, अनन्तलिङेश्वर महादेव मन्दिर गुण्डु, सुवर्णेश्वर महादेव मन्दिर कटुञ्जे, कैलाशनाथ महादेव साँगा चित्तपोल, लटरम्बेश्वर महादेव मन्दिर चित्तपोलमा पनि आज दिनभर करिब २६ हजार दर्शनार्थीको भीड लागेका थियो । सुरु भएको छ ।

यता चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका रत्नचुडेश्वर महादेव मन्दिर नगरकोट, वाल्मिकश्वर महादेव मन्दिर वागिश्वरी, तीन तहका शिवलिङ रहेको त्रिलोकेश्वर महादेव मन्दिर, झौखेलको ज्योर्तिलिङेश्वर महादेव मन्दिरमा पनि हजारौ दर्शनार्थी पुगेका छन् ।



Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






