
भक्तपुर, २४ साउन : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नु पर्ने बताउनु भएको छ ।
आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको २४ औं डोलेश्वर महादेवको पूजा एवं बिमला गंगा आरतीमा सहभागि हुदै उहाँले डोलेश्वर हिन्दुहरुको आस्थाको धरोहर भएको बताउनु भयो ।

उहाँले नेपाललाई धार्मिक पर्यटनको केन्द्र बिन्दु बनाएर विश्वभरका पर्यटकलाई आकर्षित गर्नु पर्ने बताउदै डोलेश्वरले यहाँको विकासमा ठूलो फड्को मारेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले डोलेश्वर हिन्दुहरुको आस्थाको केन्द्र बन्दै गएकाले नेपाली मात्रै नभई विदेशी पर्यटकको आगमन बढ्दै गएको बताउनुभयो ।

उहाँले भारतका पर्यटकहरुको आगमन डोलेश्वरमा व्यापक बढेको बताउदै विश्वका हिन्दु धर्मावलम्बीहरुको आकर्षण डोलेश्वरमा बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा सभामुख देवराज घिमिरे, मन्त्री थापाले डोलेश्वरमा रहेको मानव सेवा आश्रमको अवलोकन गर्दै यहाँ आश्रित अनाथ नागरिकहरुको अबस्था, लालानपालनबारे जानकारी लिनु भएको थियो ।


Related





