
भक्तपुर, २७ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ नेपाल निर्माणका लागि युवाहरुको उद्यमशिलतालाई प्रर्दशन गर्दै रोजगारीसंग जोडेर लैजानु पर्ने बताउनु भएको छ ।


आज भक्तपुरमा इको युथ नेपालले आयोजना गरेको इतिहासमै पहिलो र सवैभन्दा ठूलो मेकअप (श्रृंगारिक कला) कार्यशालाको समापनमा बाल्दै उहाँले सामन्तवादको छालमा महिलाहरु विभेद, अन्याय र अत्याचारको अबस्थाको अन्त्य गर्दै महिला मुक्तिका लागि अगाडि बढिरहेको बताउनु भएको हो ।
युवा महिलाहरुलाई उद्यामशिलता, तालिम र सीप मार्फत रोजगारी दिलाउन, सीपलाई बैधानिकता दिलाउन र आर्थिक सहयोग जुटाउन आफ्नो तर्फबाट सरकारसंग प्रतिपक्ष दलका नेताको हैसियतले लाग्ने बताउनुभयो ।

उहाँले युवा महिलाहरुको जोश, उर्जा आम नेपाली युवा महिलाहरुले ग्रहण गर्नु पर्ने चर्चा गर्दै कुनै राजनीतिक विशेष एवं सिद्धान्त सिद्धान्त भन्दा पनि पर रहेर रोजगारीको सृजनामा आफै लागेको देख्दा बन्दुक बिनाको सेना झै लागेको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “युवा महिलाहरु अगाडि उभिएर जोश, उत्साह, समर्थन हेर्दै गर्दा २१ औ शताब्दीमा नेपाली महिलाहरु पनि नयाँ प्रबिधि मार्फत रोजगारी दृष्टिकोणका निम्ति हातमा सीप लिएर अगाडि बढ्नुले निकै उत्साह थपेको बताउनुभयो । कार्यक्रममा एसियामै पहिलो पटक ठूलो कार्यशाला गरेवापत प्राप्त एसिया बुक अफ रेकर्ड अवार्ड इको युथ नेपाललाई प्रदान गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादीका नेताहरु दीलिप प्रजापति, दीपशिखा, गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईलगायतले युवा महिलाहरुको ठूलो भेलाले नेपालमै हात सीप लिएर केही गर्न सक्छु भन्ने विश्वास लिएकाले सरकारले यस्ता सीप भएका महिलाका लागि लगानी बढाउनु पर्ने बताउनुभयो ।
कार्यशाखामा आज एकै दिन पाँच हजार युवा पुस्ताको सहभागिता रहेको थियो । युवा महिला एव किशोरीहरुलाई मेकअप सीप (श्रृंगारिक कला) सिकाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा युथ इको नेपालका सचिव सुजन अधिकारीले आज बिहान १० बजेबाट एकैसाथ नौ वटा हलमा ३० वटा सेसनमा कार्यशाला सञ्चालन भएको बताउनुभयो ।

कार्यशाखामा १०० भन्दा बढी प्रशिक्षक र ३०० स्वयंसेवक परिचालन गरि सम्पन्न गरेको बताउदै युवा पुस्तालाई मेकअप कला र यसको व्यवसायकोबारेमा जानकारी गराएको बताउनुभयो ।

नेपालमा मात्रै नभई विश्वमै पहिलो यस प्रकारको कार्यशाला यो पहिलो भएको दाबी गर्दै उहाँले कार्यशालामा एसिया बुक अफ रेकर्ड राख्ने सफल भएर प्रमाणपत्र प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यशालामा मेकअपसँग सम्बन्धित विभिन्न सीपहरु फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्ट लगायतका सीप सिकाएको उहाँले बताउनुभयो ।

युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलले कार्यशालाले हजारौं युवालाई सीपसँग रोजगारीलाई जोडेर लैजान अभियानको पहिरो प्रारुप भएको बताउदै हरेक शनिवार युवा वर्गलाई मेकअप सीप सिकाउदै आएको बताउनुभयो ।

आयेजक मध्येकै युवा व्यवसायी एवं समाजसेवी नरेश रंजितले हातमा सीप भएका तर लगानी गर्ने पैसा नभएर अडकिएका युवा वर्गलाई साना पूजीँ दिएर व्यवसाय सुरु गर्न सहयोग पुर्याउने उदृश्यले रु.२० लाखको लगानी कोष निर्माण गरेको बताउनुभयो । हातमा सीप भएका तर लगानी गर्ने क्षमता नभएर अन्योलमा परेका युवा पुस्तालाई व्यवसाय सुरु गर्न यही कोषको रकमबाट लगानी गरिदिने उहाँले घोषणा गर्नुभयो । कार्यशाला सहभागिलाई प्रवेश निःशुल्क गरिएको र सहभागि सबैलई प्रमाणपत्र वितरण गरेको छ ।

Related






