हामीसँग जोडिनुहोस
Latest
बुधबार, माघ ८, २०८२

दक्षिणकाली युवा समूह नेतृत्वको दबाब पछि सुरु भो ताथली सडक मर्मत

1 मिनेट

चाँगुनारायण (ताथली), २८ साउन । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित राम सीता मन्दिरसंगैको सडकमा दोहोरो यातायातको साधान सञ्चालन हुने गरि मर्मत कार्य सुरु भएको छ ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले मंगलबार उक्त सडक मै पुगेर सडकको अनुगमन समेत गरि स्थानीयसंग छलफल गरेर सडक निर्माणको जिम्मेवारी दिनु भएको थियो ।

उपप्रमुख बुढाथोकीले भन्नुभयो, “स्थानीले सडकमै केराको बोट रोपेर छिटो सडक निर्माण गर्न सांकेतिक रुपमा बिरोध गरेको जानकारी पाए, म सोही स्थानमा गएर हेरे, स्थानीयसंग बसेर छलफल गरेँ । स्थानीयलाई नै सडक एक साताभित्र ग्राईबेल गर्ने र मर्मत सम्पन्न गर्र्दै दुईतर्फी यातायात सञ्चालन गर्ने गरि तयार पार्न जिम्मेवारी दिएको छु, आजैदेखि सडकमा ग्राइबेल हाल्ने र सडक मर्मतको काम सुरु भएको छ ।

नगरपालिकाको रु.२० लाखको लागतमा उपभोक्ता समिति मार्फत उक्त सडक खण्ड ढलान गर्न बजेट निकासा गरेपनि उपभोक्ता समितिले आधा काम मात्रै गरेको थियो ।
त्यस पश्चात एकतर्फी रुपमा मात्र सञ्चालन भएपछि सडकमा सवारी चाप बढेर जाम हुने तथा जोखिम बढेपछि स्थानीय दक्षिणकाली युवा समूहले सडक छिटो बनाउनु पर्ने माग गरेको थियो । स्थानीयले सडकमै केराको बोट समेत रोपेका थिए ।

उक्त सडक अब एक साता भित्र दुईतर्फी यातायात सञ्चालन हुने गरि मर्मत गर्ने जिम्मेवारी दिएर तत्काल काम सुरु गर्न निर्देशन दिएको उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।