हामीसँग जोडिनुहोस

भक्तपुर काण्डबारे ताथलीमा संस्मरण कार्यक्रम 

2 मिनेट
भक्तपुर । भक्तपुरको ताथलीमा भक्तपुर काण्ड( भाद्र ९, कालाे दिन) काे स्मरणमा संस्मरण कार्यक्रम गरेकाे छ ।
नेमकिपाकाे समूल नष्ट गर्नका लागि पञ्चायती राज्यस्तरबाट २०४५ साल भदौ ९ गते भएकाे षड्यन्त्रकाे रूपमा रहेको भक्तपुर काण्डकाे स्मरणमा नेपाल मजदुर किसान पार्टी, ताथलीले उक्त कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा साे समयका अनुभवी एवम् भुक्तभोगी एवम् नेमकिपा ताथलीका संस्थापक सदस्य हेलबहादुर छुकां, नेमकिपा ताथलीका सदस्य नारायणभक्त न्हेम्हाफुकी, भुक्तभोगी रामप्रसाद न्हेम्हाफुकीलगायतले उक्त समयमा गरेकाे सङ्घर्षकाे स्मरण गर्दै त्यस्ता घटनाहरूबाट पाठ सिक्नुपर्नेमा जाेड दिए । उनीहरूले भक्तपुर काण्डकाे प्रभाव ताथलीमा पनि परेकाे स्मरण गर्दै गरेका सङ्घर्षहरूबारे जानकारी दिए । उनीहरूले तत्कालीन अवस्थाकाे तीतामीठा घटनाहरू अहिले पनि राजनीतिक हिसाबले उपयोगी भएको चर्चा गरेका थिए । उनीहरूले त्यो घटनाको पीडा र प्रतिरोधका सम्झना सुनाउँदै आजको पुस्तालाई राजनीतिक सचेतना र संघर्षशीलताकाे पाठ लिन आह्वान गरे।
कार्यक्रममा नेमकिपा भक्तपुरका अध्यक्ष एवम् वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गाेसाईंले नेमकिपाले आन्दोलन, क्रान्ति र सङ्घर्षलाई अघि बढाइरहेको बताउँदै नेमकिपा र नेमकिपाका पार्टी कार्यकर्ता पञ्चायती राज्यका लागि चुनाैति भएको जनाए । `भक्तपुर काण्डले नेमकिपालाई अझ दृढ बनायो। आज पनि नेमकिपा आन्दोलन, क्रान्ति र संघर्षको बाटोमै अडिग छ। पार्टीका प्रत्येक कार्यकर्ता हरेक दमनकारी शक्ति र सत्ताका लागि पनि चुनौतीका रूपमा उभिइरहेकाे छ ।´
उनले नेमकिपा सकाउनका लागि विभिन्न षड्यन्त्र भइरहेकोप्रति पार्टी कार्यकर्ता सजग हुनुपर्नेमा जाेड दिँदै अध्ययन, संगठन र सङ्घर्षमा जाेड दिन अनुरोध गरे । उनले भने, `भक्तपुर काण्डले दिएको शिक्षा केवल स्मरण गर्नकै लागि होइन, संघर्षमा मार्गदर्शन गर्ने आधार हो।´
भक्तपुर काण्डकाे शिक्षा हरेक कार्यकर्ताका लागि महत्त्वपूर्ण भएको सन्दर्भ जाेड्दै पार्टी कार्यकर्ता र सङ्घर्षशील व्यक्तिहरूका अनुभव र संस्मरणले नयाँ पुस्तालाई उर्जा प्रदान गर्ने बताए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यात र महिला वडा सदस्य कमला गिरीले राजनीतिक रूपमा सचेत नभएसम्म परिवर्तनलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै राजनीतिक घटनाबारे जानकारी राख्न जरुरी रहेकाे बताए । उनीहरूले जेल जीवन, राजनीतिक दमन र प्रतिरोधका लिखित कथा तथा घटनाहरू उजागर गर्दै नयाँ पुस्ताले त्यस्ता कठिन अनुभवबाट प्रेरणा लिनुपर्नेमा जोड दिए।
कार्यक्रममा आयाेजक समितिका अध्यक्ष राजाराम छुकां, सचिव रविन बासुकला र सञ्चारकर्मी हरिसुन्दर छुकांले भक्तपुर काण्डकाे परिचय, पृष्ठभूमि, घटनाक्रम, जेल जीवन, सङ्घर्ष र शिक्षाबारे प्रस्तुति गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।