
काठमाडौँ, २३ भदौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज काठमाडौँलगायत देशभरि भएको ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ ।

आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् । “आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि दजनौँ व्यक्तिको मृत्यु भएको छ । ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ ।
यो एउटा हृदयविदारक र दुःखद् घटना हो”, विज्ञप्तिमा भनिएको छ । एमालेले आन्दोलनकारी र सरकारलाई संयमताका साथ वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरेको छ । यस्तै, घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । एमालेले मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनका परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





