हामीसँग जोडिनुहोस

एमाले अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे

1 मिनेट
भक्तपुर, २ असोज : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आजबाट भक्तपुरको गुण्डुमा बसाई सर्नु भएको छ ।
जेन्जी आन्दोलनका क्रममा गत २४ गते प्रधानमन्त्रीबाट राजिनामा दिएपछि नेपाली सेनाले सुरक्षा घेरामा रहनु भएको उहाँले आजबाट सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाई सर्नु भएको हो ।
बालकोटस्थित ओलीको निवास गत २४ गते प्रर्दशनकारीले आगजनी गरेपछि उहाँका लागि नेकपा एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले स्थानीय विष्णु शाक्यको घर भाडामा लिएर बसोबासको व्यबस्था गरिएको हो ।
गुण्डुमा अध्यक्ष ओलीले बसाई सरेपछि आजै नेता बस्नेत, पार्टीका महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गर्नु भएको छ । एमालेले संविधान दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले संबोधन गर्ने कार्यक्रम तय भएको बताईएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।