हामीसँग जोडिनुहोस

प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउन कसैले सक्दैन : काँगेस सभापति दूर्लभ थापा

2 मिनेट

भक्तपुर, २ असोज : नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं निवर्तमान् सांसद दूर्लभ थापाले प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउन नसक्ने बताउनु भएको छ ।

जन–आन्दोलन २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८ औँ. स्मृति दिवसको अवसरमा काँग्रेस जिल्ला कार्यसमिति भक्तपुर, गणेशमान सिंह स्मृति वाटिका एवं प्रतिमा स्थापना संरक्षण समिति कटुञ्जेको संयोजनमा आयोजित माल्र्यापण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

गणेशमान सिंहको शालिकमा माल्र्यापण गर्दै उहाँले भन्नुभयो, “ हाम्रो देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्ति भनेको नेपाली काँग्रेस हो, काँग्रेसलाई न कसैले हराउन सक्यो, न कसैले सिध्याउन सक्यो चाँहे त्यो राणा शासन होस्, चाँहे त्यो माओवादी होस वा चाहे त्यो निरंकुश राजा होस् ।”

अहिले भएको जेन्जीको आन्दोलन त्यो आन्दोलन थिएन भन्दै उहाँले सत्तामा रहेका र नेतृत्व रहेकालाई भ्रष्टाचार बिरुद्ध अगाडि बढ्न, भ्रष्टाचारलाई शून्यामा झार्न पटक पटक भन्दा पनि बेवास्ता गर्दा समस्या आएको उहाँले बताउनुभयो ।

उहाँले प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताउदै उहाँले नेपाली काँग्रेस जस्तो सुकै कठिन अबस्था र चुनौतीको सामना गर्दै देश, प्रजातन्त्र र देशको सार्वभौम सत्ताको रक्षाका लागि एक भएर सधैं अडिग भएर रहने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरु, वागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, काँग्रेसका क्षत्रीय सभापतिहरु एवं नेताहरुले शालिकमा माल्र्यापण गर्नु भएको थियो ।

ट्रेण्डिङ