हामीसँग जोडिनुहोस
Latest
बुधबार, माघ ८, २०८२

जेन्जी आन्दोलनका शहीद एवं घाइते परिवारलाई आयल निगमका कर्मचारीले गरे आर्थिक सहयोग

1 मिनेट
भक्तपुर, ३ असोज : जेन्जी आन्दोलनका क्रममा शहीद भएका परिवार र घाइते परिवारलाई नेपाल आयल निगम हवाइ इन्धन डिपो, सिनामंगलका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।
आज डिपोका प्रमुख प्रदीप कुमार यादव, उपनिर्देशक रामहरि निरौला, लेखाप्रमुख प्रवेश पाठककर्मचारी टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट सोमथलीस्थित शहीद परिवारको घरमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गर्नु गरेको हो ।
वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले विशेष समन्वय शहीद महेश बुढाथोकीको परिवारलाई रु.३० हजार, दुवाकोट सोमथलीकै शहीद अभिषेक चौलागाईको परिवारलाई रु. १५ हजार ५५० र शहीद सुभाष बोहोरा, ओजन बुढा तथा दिपेश सुनुवारको परिवारलाई जनही रु. २५ हजारका दरले कूल एक लाख २० हजार ५५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
त्यसैगरि आन्दोलनका क्रममा घाईते भएका सुभाष अर्याल (गुल्मी), ऋषिकेश यादव (कैलाली), रोशन रेग्मी (गोरखा), जगदिश परियार (रुकुम पश्चिम), दिपेश नेपाली (नुवाकोट), कुमार दाहाल (काभ्रेपलान्चोक) लाई जनही रु. १५ हजारका दरले कूल ९० हजार रुपैयाँ सहयोग रकम प्रदान गर्नु भएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।