हामीसँग जोडिनुहोस

नेकपा (एमाले)का नेता महेश बस्नेतले आफ्नो जलेको घरलाई सङ्ग्रहालयको रूपमा राखिने

1 मिनेट

भक्तपुर, १० असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित नेकपा (एमाले)का नेता महेश बस्नेतले आफ्नो जलेको घरलाई सङ्ग्रहालयको रूपमा राख्ने बताएका छन्। सांसद हुँदा भक्तपुरको समग्र चमत्कारिक विकास, उद्योगमन्त्री हुँदा नेपालको उद्योग र व्यवसायको क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ऐतिहासिक काम गरेका बस्नेतले आफ्नो सारा जीवन जनताको निम्ति समर्पण गरेको भन्दै त्यो घर जलाउनेहरुले पनि समिक्षा गरुन् भन्ने उदेश्यले यत्तिकै सग्हालयको रुपमा राखिने भएको हो ।

भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलाइएको घरलाई ध्वंसात्मक सङ्ग्रहालयको रूपमा राखिने उहाँले बताउनु भएको छ । उहाँले त्यस घरलाई पछिसम्म घर जलाउन आवश्यक थियो कि थिएन भनेर सबैले समीक्षा गर्ने गरि अहिलेलाई जस्ताको तस्तै ध्वंसात्मक सङ्ग्रहालयको रूपमा राखिने बताएक हुन् ।

ुबस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ः मेरो जलेको घर लामो समयसम्म ध्वंसात्मक सङ्ग्रहालयको रूपमा राख्नेछु,ु मेरो घर हेरेर सबैले समीक्षा गरुन् त्यो घर जलाउन आवश्यक हो कि होइन । ुसांसद हुँदा भक्तपुरको समग्र चमत्कारिक विकास उद्योगमन्त्री हुँदा नेपालको उद्योग र व्यवसायको क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ऐतिहासिक काम गरेँ। मेरो सारा जीवन मैले जनताको निम्ति समर्पण गरेँ,ु यही गरे बापत मेरो घर जलाइन्छ मलाई बदनाम गरी मार्ने प्रयास गरिन्छ, मेरो परिवारलाई जिउँदै जलाउने प्रयत्न गरिन्छ, निर्दोष छोराछोरीलाई समाजमा हिँड्न गाह्रो बनाइन्छ ।

उनले आफू यसबाट नडराउने र बरोबर मर्न तयार रहने भन्दै आफ्नो कर्तव्य र जनताको हितबाट कहिल्यै पछि नहट्ने बताएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।