
भक्तपुर । भक्तपुरको ताथलीमा टपटेन रेष्टुरेन्ट तथा पार्टी भेन्यू सञ्चालनमा आएको छ। शुक्रबार विशेष कार्यक्रम आयोजना गरी ताथलीकाे फैढाेकामा साे रेष्टुरेन्ट तथा पार्टी भेन्यूकाे औपचारिक सुरूवात गरेकाे हाे ।
स्वादिलो खाना तथा खाजा, आकर्षक भेन्यू, उत्कृष्ट आतिथ्य सेवा तथा होम डेलिभरी सुविधासहित ग्राहकलाई सेवा दिन उक्त रेष्टुरेन्ट सञ्चालन गरिएको सञ्चालकले जनाएको छ ।
भेन्यूकाे पञ्चकन्याहरूले उद्घाटन गरेका थिए । रेष्टुरेन्टमा नेपाली, नेवारी परिकारदेखि विभिन्न स्वादका खाजा र पेय पदार्थ उपलब्ध रहेको छ । विवाह, जन्मदिन, वैवाहिक वर्षगाँठ, अन्य औपचारिक कार्यक्रम, सभा, सम्मेलन, गाेष्ठी कार्यक्रमका लागि उपयुक्त हुने गरी पार्टी भेन्यू सजाइएको छ। सञ्चालकहरूले भने, “स्वाद, सत्कार र सन्तुष्टिको संगम नै हाम्रो उद्देश्य हो। ग्राहकले टपटेनमा नयाँ अनुभव पाउनेछन्।”
ताथलीका १० स्थानीयकाे करिब पाैने दुई कराेड रूपैयाँ लागतमा सञ्चालनमा आएको साे रेष्टुरेन्टले विशेष छुटकाे पनि व्यवस्था गरेकाे छ ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





