
भक्तपुर, ११ असोज ः राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ अर्थात ५८ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण अर्थात ग्रेडेड भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो ।
परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागि भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात अवर्गीकृत भएको उहाँले जानकारी दिनुभयो ।
गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात अनुतीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।
बोर्डले नतिजा हेर्न website, IVR / SMS/ USSD मार्फत, राष्ट्रिय परीक्षा बोर्डको Website www.neb.gov.np र पनिका कक्षा १० को ध्भWebsite www.see.gov.np, website बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।
बोर्ड केन्द्रीय कार्यालयको धwebsite M www.see.gov.np बाट नतिजा हेर्न परीक्षार्थीको सिम्बोल नंम्बर, जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलोड गर्न सकिने जनाएको छ ।
बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था गरेको छ । यही २०८२ असोज १९ गतेदेखि २९ गते साँझ ५ बजेभित्र परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि बोर्डको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने व्यबस्था गरेको उहाँले जानकारी दिनुभयो ।
Related






