हामीसँग जोडिनुहोस
Latest
बुधबार, माघ ८, २०८२

नेपाललाई शान्तिपूर्ण देशको रुपमा स्थापित गर्न सबै जुट्नु पर्छ : एमाले अध्यक्ष ओली

2 मिनेट
भक्तपुर, ११ असोज : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्तिपूर्ण देशको रुपमा स्थापित गर्न अव्हान गर्नु भएको छ ।
आज भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान एवं भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपाल एउटा शान्ति पूर्ण देशको रुपमा स्थापित गर्न सबै लाग्नु पर्ने बताउनु भएको हो ।
दे
शको अर्थतन्त्र धरासायी बनाउने षडयन्त्रलाई पन्छाएर देशमा पर्यटन उद्योग, होटल, व्यवसाय सबै सहज ढंगले चल्ने, शान्ति सुरक्षा कायम हुने, जनताको जीउन धनको सुरक्षा हुने, शान्ति सुव्यबस्था कायम हुने अबस्थाको सृजना गर्न उहाँले आग्रह गर्नुभयो ।  राजनीतिक दलहरुले राणा शासनकालदेखि नै लडेर जनताको बलिदानबाट देशलाई यहाँ सम्म पु्याएको चर्चा गर्दै उहाँले सबै सम्हालिएर देशमा शान्ति सुव्यबस्था कायम गर्न लाग्नु पर्ने बताउनुभयो ।
 माओवादी जनयुद्ध पछि देश सम्हालिएर अगाडि बढिरहेको अबस्थामा देशमा फेरी नयाँ परिस्थिति आएको भन्दै एमाले अध्यक्ष ओलीले  देशलाई शान्तिपूर्ण देश बनाउन, भरपर्दो देश बनाउन, उद्योगी, व्यवसायीले ढुक्क भएर लगानी गर्न सक्ने अबस्थामा पुर्याउन सबै लाग्नु पर्ने औल्याउनुभयो ।  भ्रष्टाचार रोक्ने, सुशासन ल्याउने जेन्जीको माग जायज रहेको बताउदै एमाले अध्यक्ष ओलीले भन्नुभयो, “भदौ २३ र २४ मा जेन्जीको नाममा भएको आन्दोलनमा उनीहरुलाई पाखा लगाएर घुसपैठ भयो ।
नयाँ पुस्ताले राष्ट्रिय झडा ओढेर सिंहदरबार आगो लगाएका गएका होइनन्, संसद भवन, सर्वोच्च अदालत, संसद भवनमा जलाउन गएका होइन्न् । उद्योग धन्दा, होटलमा छानी छानी आगो लगाउन गएका होइनन्, राजनीतिक संलग्नताको आधारमा छानी छानी घर जलाउन गएका होइनन्, यो घुस्पैठ गर्नेको काम हो ।” उहाँले आफू सरकार रहदाँ बोलेका अभिव्यक्ति, गरेको निर्णय, कर्मचारी, प्रहरी र अन्य निकायलाई दिएको निर्देशन रेकर्डेट भएकाले त्यसलाई सरकारले बाहिर ल्याउनु पर्ने बताउनु भयो ।
केपी ओलीले भ्रष्टाचार गर्यो भनेर हल्ला गर्नु भन्दा पनि कहाँ, कहिले कसरी भ्रष्टाचार भयो भनेर छानबिन गरि बाहिर ल्याउन आग्रह गर्दै देश छाडेर कतै नभाग्ने बताउनु भयो । उहाँले सरकारले गठन गरेको छानबिनले सत्य तथ्य बाहिर ल्याउनु पर्ने बताउनुभयो । केपी आलीको नयाँ घर भनेर, लोकड गरेर, हमला गर्न जाऔं भनेर सामाजिक सञ्जालमा भनिरहेको अबस्थामा सरकारले त्यस्ता तत्वको खोजी गरेर कानूनी दायरामा ल्याउनु पर्ने उहाँले बताउनुभयो ।
२३ र २४ गते बालुवाटारमा आफूले जनताको जिउधनको क्षति नहोस् निर्देशन दिएका तर गोली हान्ने आदेश नदिएको दाबी गर्दै घट्नको सत्य तथ्य छानबिन गरेर बाहिर ल्याउन आग्रह गर्नुभयो ।  उहाँले जेलबाट भागेकालाई फर्किन आग्रह गर्दै सुरक्षा निकायबाट लुटिएएका हतियार, गाली गठ्ठाले समाजमा आतंक फैलिएकाले फिर्ता गर्न र फिर्ता नगरे खोजी खोजी कारबाहीमा ल्याउनु पर्ने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।