हामीसँग जोडिनुहोस

यस्तो छ भक्तपुरमा अविरल वर्षाको असर

2 मिनेट
भक्तपुर, १९ असोजः गत शुक्रबारदेखि परेको अविरल वर्षाले भक्तपुरको जनजीवन आंशिक प्रभावित बन्न पुगेको छ । जिल्लाको विभिन्न स्थानमा पहिरो जानुका साथै सडक अवरुद्ध भएका छन् भने डुबानसमेत भएको छ ।
वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक साँगा सडकखण्डमा पहिराले बाटो अवरुद्ध भएको छ । शनिबार गएको पहिरो पन्छाइ सडक खुलाउने प्रयास भइरहेको छ । सूर्यविनयक–७ किवा चोक गुण्डुस्थित महादेव मन्दिर नजिकै रहेको सडकखण्ड वर्षाका कारणले पहिरो गएपश्चात् गुण्डु किवाचोक हँुदै नयाँ थिमि चल्ने यातायात पूर्ण रूपमा बन्द भएको छ ।
यसैगरी भक्तपुर नगरपालिकाको जगाती र राममन्दिर स्थित टुरिजम मार्केट क्षेत्रमा हनुमन्ते खोलाले आसपासका क्षेत्रमा डुबान समेत भएको छ । वर्षाले भक्तपुरमा सबैभन्दा बढी क्षति चाँगुनारायण नगरपालिकाभित्र गरेको छ । चाँगुनारायण–६, कमलविनायक–खरिपाटी–नगरकोट सडकखण्डमा मुहान पोखरी, तेलकोट, बास्तोला गाउँलगायतको ठाउँहरुमा सडकको भित्ताहरुमा स–साना पहिरो खसेको र बास्तोला गाउँको पहिरो स्काभेटरको सहायतले पन्छाएर सडक खुलाइएको छ ।
यस्तै चाँगुनारायण –९ र सूर्यविनायक–१० को सिमानामा पर्ने च्याम्हासिंह–ताथली–नाला सडक खण्डमा पनि नाला गुम्बामुनि सडकको भित्ताहरुमा स–साना पहिरो खसेको छ, तर सडक भने अवरुद्ध नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चाँगुनारायण–८ चरेली, विन्दवासिनीस्थित कमलविनायकदेखि कलमसी जाने मुख्य सडकमा शनिबार साँझ ५ः०० बजे पहिरो गएको छ ।यातायात सेवा  भने एकतर्फी सञ्चालनमा रहेको जनाइएको छ ।
चाँगुनारायण –६ बास्तोला गाउँमा रहेकोको सुमन बास्तोलाको घर अगाडि पहिरो गएकोमा नगरपालिकाले त्रिपाल र प्लास्टिक ओढाएर जोखिम न्यूनीकरण गरेको जनाइएको छ ।
चाँगुनारायण–७, बागेश्वरीस्थित हेल्थपोष्ट नजिकको सडकको छेउपट्टी भाग भाँसिएकोले प्लास्टिक राखेर जोखिम न्यूनीकरण गरिएको छ । चाँगुनारायण–६, तेलकोटमा रहेकोको कमला लामिछानेकोको घर अगाडि पहिरो गएको छ, तर क्षति भने भएको छैन ।
चाँगुनारायण –१, चाँगुनारायण माविबाट नेक कलेज हुँदै मूलपानी निस्कने ढलान सडकको छेउ भागमा प्वाल परेकोले वैकल्पिक मार्गको रुपमा खड्का डिल हुँदै बेसिबाट नेक कलेज मूलपानी जान सकिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
चाँगुनारायण ७ र ८ वडा हुँदै बग्ने घट्टे खोला र मूल साँघुखोलाको बहावले गर्दा यसको आसपासमा रहेका धान बालीहरु डुबानमा परेको छ । अविरल वर्षाले मध्यपुर थिमि नगरपालिकाको वडा नंं ४, ३ र १ भएर बग्ने हनुमन्ते खोलाले खोला किनारको तरकारी, धानबाली डुबानमा पारेको छ भने केही घर टहराका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
बाढी बढी जोखिम रहेको मध्यपुर थिमिका लोहकिन्थलीस्थित सुकुम्बासी बस्ती, राधेराधे, कौशलटार सागबारीको अवस्था सामान्य छ । वर्षाले प्रसिद्ध धार्मिकस्थल नीलबाराही मन्दिर आसपास भरिएका माटो सामान्य बगाए पनि मुख्य मन्दिरलाई केही असर नगरेको प्रशासनले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।