हामीसँग जोडिनुहोस

‘चाँगुनारायण नगर कप फुटबल –२०८२’ प्रतियोगिताको तयारी पुरा, नगर प्रमुख जीवन खत्रीबाट उद्घाटन हुने

1 मिनेट

चाँगुनारायण, २० असोज । नागरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका नगरकोट–६ पिपलबोटस्थित माउण्ट एभरेष्ट खेल मैदानमा यही असोज २२ गते बुधबारदेखि सुरु हुने ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ चाँगुनारायण नगरपालिकाको सहयोग एवं नगर खेलकुद विकास समितिको समन्वय र सहकार्यमा माउण्ट एभरेष्ट युथ क्लब नगरकोटले आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नगर खेलकुद विकास समितिका संयोजक रघु केसीले जानकारी दिनुभयो ।

नगरपालिकाको “कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार” भन्ने नारासहित नगरपालिका क्षेत्र भित्र खेलकुदको विकास गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यलका साथ नगरपालिकाले खेलकुदका बिभिन्न प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएकोमा भ्रमण वर्षको अवसर पारेर चाँगुनारायण नर कपको आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।

यस प्रकारको खेलकुद प्रतियोगिताले पर्यटनको प्रबद्र्धनसंगै नगरको सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको बताउदै उहाँले नगरपालिकाको सहयोगमा आयोजना हुने प्रतियोगितामा स्थानीय खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्नुमा टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

नगरपालिकाका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले प्रतियोगितामा नगरका विभिन्न युवा समूह र फुटबल क्लबहरूको उत्साहजनक सहभागिता रहने बताउदै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिनुभयो ।

प्रतियोगितामा १२ वटा सिनियर टिम र ६ वटा जुनियर टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् भने आइतबारसम्म प्रतियोगितामा सहभागिता जनाउन टिम वा क्लबले नाम दर्ता गराउन सक्ने आयोजकले जानकारी दिएको छ । असोज २२ गतेबाट सुरु हुने प्रतियोगिता कात्तिक २ गते सम्पन्न हुनेछ । प्रतियोगिताको नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन तथा समापनमा पुरस्कार वितरण गर्नु हुने भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।