हामीसँग जोडिनुहोस

ताथलीमा भव्यताका साथ सम्पन्न भयाे दशैं विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

1 मिनेट
भक्तपुर । भक्तपुरको ताथलीमा भव्यताका साथ दशैं विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइतबार चाँगुनारायण नगरपालिका वठा नं. ९ ताथलीकाे वनमाला टाेलमा उक्त कार्यक्रम भऐकाे हाे । कार्यक्रमकाे आयाेजना ताथली गणेश जात्रा व्यवस्थापन समूहले गरेकाे थियाे ।
पर्वलाई रचनात्मक र सिर्जनात्मक तवरले सम्पन गर्ने सन्देशसहित भएको उक्त कार्यक्रममा माैलिक र सांस्कृतिक गीत, संगीत प्रस्तुत गरिएका थिए । वनमाला टाेलस्थति ताथली गणेश मन्दिर प्राङ्गणमा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका वडा सदस्य रविन बासुकलाले कला, साहित्य, संस्कृतिकाे जगेर्नाका लागि जनताहरू सचेत हुनुपर्ने बताए ।
वडा सदस्य बासुकलाले प्रगतिशील साहित्य र संस्कृतिकाे विकासका लागि सबैजना लाग्न जरुरी रहेको उल्लेख गर्दै शाेषित पीडित जनताको हितका लागि सङ्घर्ष गर्ने भावना राख्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा ताथली धिमय् खल:, देवी सांस्कृतिक समूह, चित्तपाेलकाे सिमल्टार बाजा खल:, भक्तपुरस्थित निओ फ्युजन बाजा खल:, ताथलीकै कार्यविनायक धिमय् खल:का साथै विन्ज्ड साेल ब्याण्डका कलाकारलगायत युवा, महिला, बालबालिकाहरूले विभिन्न गीत, संगीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी बाजा समूहहरूलाई आयाेजक समितिले प्रशंसा पत्र प्रदान गरेकाे थियाे । कार्यक्रम संयाेजक विष्णुभक्त वनमालाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा धिमय् बाजा गुरु विजयराम वनमाला र सञ्चारकर्मी हरिसुन्दर छुकां लगायतले कार्यक्रमकाे उद्देश्यबारे चर्चा गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।