हामीसँग जोडिनुहोस
Latest
शनिबार, बैशाख ५, २०८३

सूर्यविनायक मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२ सम्पन्न

पुरस्कार वितरण गर्दै नगर प्रमुख वासुदेव थापाले भन्नुभयो : वडावडामा खेल मैदान र नगर रंगशाला बनाउँछौं

4 मिनेट

भक्तपुर, २५ कात्तिक : सूर्यविनायक नगरपालिकाका प्रमख वासुदेव थापाले ‘मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२’ का विजेतालाई आज शिल्ड, प्रमाणपत्र एवं नगद पुरस्कार प्रदान गर्नु भएको छ ।

सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उहाँले नगरपालिकाले अब प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने बताउनु भयो ।

जनताले तिरेको करलाई सही ठाउँमा सदुपयोग गर्दै नगरभित्र सडक, ढल, पुल, खानेपानी, मठ, मन्दिर, सामुदायिक भवन, शिक्षामा गुणस्तरीयता, अस्पताल बनाइसकेको बताउदै उहाँले अब बाँकी रहेको कार्यकालमध्येको २० महिना बाँकी रहेका काम पुरा गर्ने बताउनुभयो ।

नगर प्रमुख थापाले भन्नुभयो, “सार्वजनिक जग्गा भएका सबै वडामा खेल मैदान बनाउने छौँ, वडा नं. ९ नंखेलमा जग्गा विकासबाट निस्किएको ४५ रोपनी जग्गामा नगरस्तरीय खेल मैदान बनाउँदै छौँ., त्यसका लागि बजेटको व्यबस्था गरिसकेका छौँ, अन्तर्राष्ट्रिय खेल मैदान पनि यहीँ बन्दैछ । नगरपालिकाले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई निःशुल्क फुटबल प्रशिक्षण सुरु गरेका छौँ, साथै प्रकारका प्रतियोगिताहरु अझै गर्नेछौँ ।”

खेलबाटै नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताउदै उहाँले खेलाडीहरुलाई देशव्यापी रुपमा हुने खेलहरुमा पदक जित्ने गरि खेलमा अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

पाण्डुबजारले हात पार्यो उपाधी  :

प्रतियोगितामा पाण्डुबजार फ्रेण्डसीप क्लबले उपाधी हात पारेको छ । आज भएको फाइनल खेलमा गुमाञ्जु युथ क्लबलाई शून्यका बिरुद्ध चार गोल गर्दै पाण्डुबजार फ्रेण्डसीप क्लबले उपाधी हात पारेको हो ।

प्रतियोगितामा गुमाञ्जु युथ क्लब दोश्रो भएको छ भने बालकोट युथ क्लबले छत्रपाल युथ क्लबलाई शून्यमा बिरुद्ध सात गोल गर्दै तेस्रो र चौथो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम हुने पाण्डुबजार फ्रेण्डसीप क्लबलाई नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो हुने गुमाञ्जु युथ क्लबलाई नगद रु. १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने बालकोट युथ क्लबलाई नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले ट्रफी, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नं.६ का वडाध्यक्ष ईश्वर खड्का, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं. १० का वडाध्यक्ष शिवराम राउत, शिक्षा शाखाका अधिकृत रत्नबहादुर कटुवाल, कार्यmमकी सभापति शर्मिला लम्साल बस्नेतलगायतले खेलाडीहरुलाई मेडल र नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले प्रमाण पत्र प्रदान गर्नुभयो ।

नगर प्रमुख थापाले सान्त्वनास्थान हासिल गर्ने छत्रपाल युथ क्लबलाई मायाको चिनो तथा प्रतियोगितामा उत्कृष्ट खेलाडी पाण्डुबजार फ्रेण्डसीप क्लबका निर्भिक थापा, उत्कृष्ट गोल किपर गुमाञ्जु युथ क्लबका सुजन गुमाञ्जु र पाण्डुबजार फ्रेण्डसीप क्लबका उत्कृष्ठ गोलकर्ता उज्वल बिष्टलाई जनही नगद रु. पाँचहजारसहित ट्रफी प्रदान गर्नु भएको छ ।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीले नगरपालिका आफैल आन्तरिक रंगशाला निर्माण प्रक्रिया अगाडि बढाएको र सरकारले पनि जगातीमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि नगरपालिकाले सिफारिस गरेको बताउनुभयो ।

नगर कार्यपालिका सदस्य शर्मिला लम्साल बस्नेतको सभापतित्वमा सम्पन्न प्रतियोगिताको यसअघि २४ गते नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सना भट्टराईले उद्घाटन गर्नु भएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।