भक्तपुर, २८ कात्तिक : नेपाली काँग्रेस वागमती प्रदेश कार्यसमितिको १३ औं पूर्ण बैठक एवं प्रदेश सभा संसदीय दलको संयुक्त बैठक भक्तपुरको नगरकोटमा आजबाट सुरु भएको छ ।

बैठकको उद्घाटन गर्दै नेपाली काँग्रेस वागमती प्रदेशका सभापति एवं वगमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री बानियाँले काँग्रेसको क्रियासिल सदस्यको विवाद टुङ्ग्याएर मात्रै महाधिवेशनको मिति तय गरेर एक ढिक्का भएर जानु पर्ने बताउनुभयो ।
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचन अगाडि र निर्वाचन पछाडिको कार्यतालिका सार्वजनिक भएसंगै दलका नेता तथा कायकर्तामा अन्योैलता छाएको उहाँले बताउनुभयो ।

पार्टीको केन्द्रीय बैठकमा पनि महाधिवेशनको दुईवटा तालिका सार्वजनिक गरेर विवादमा ल्याएर काँग्रेसको अस्तित्व सिद्धिने बताउदै मुख्यमन्त्री बानियाँले भन्नुभयो, “केन्द्रीय समिति बैठकले पहिला बिधान समिति बनाओस्, क्रियासिल सदस्य छानबिन समिति बनाओस् त्यसपछि छानबिन समितिले प्रतिवेदन बुझाएको १५ दिन भित्र महाधिवेशनको मिति तोक्ने काम होओस्, महाधिवेशन निर्वाचन अगाडि र पछाडि भनेर विवाद नगरोस ।”

चुनाबमा टिकट बाड्न पाइन्छ भन्ने बजारमा अनावश्यक हल्ला चलाएर काँग्रेस अगाडि जान नसक्ने बताउँदै उहाँले जो सभापति भएपनि सबैलाई मिलाएर अधिकतम सहमतिमा टिकट नबाडे काँग्रेसले अस्तित्व नरहने बताउनुभयो । वागमती प्रदेशको दुईदिन चल्ने बैठकले घनिभूत छलफल गरेर केन्द्रीय समितिलाई सुझाब दिने बताउनुभयो । काँग्रेसलाई एक ढिक्का बनाएर लैजानुको बिकल्प नभएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले प्रदेशको बैठक पछि काँग्रेसलाई एक ढिक्का बनाएर लजाने सन्देश दिदै काँग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका काँग्रेस जिल्ला सभापतिहरुको भेला पनि भक्तपुरमै गर्ने तयारी गरेको बताउनुभयो ।

जिल्ला सभापति थापाले भन्नुभयो, “अहिलेको परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी लैजाने, पार्टी नेतृत्व माथि भएको हमलाको समिक्षा गर्ने र पार्टीलाई मजबुद्ध बनाएर लैजानु पर्ने बेलामा धमिलो पानीमा माछा मारेर नेतृत्व हत्याउला भन्ने मनसायले चलखेल गरेर पार्टीमा अस्थिरता ल्याउँनेहरुको हातमा भ्यागुतो पर्ला, होसियार पार्टीलाई अस्थिरता तर्फ लान पाईदैन ।”

जनता र पार्टीका कार्यकर्तामा भ्रम फैलाएर पार्टी बलियो नहुने भन्दै सभापति थापाले हस्ताक्षरको नाममा अस्टे«लियामा बसेका कार्यकर्ताको समेत हस्ताक्षर गरेको पाईएको बताउदै यस्ता गतिबिधिले जिल्ला जिल्लामा काँग्रेसको एकता भाडिने बताउनुभयो ।

कार्यक्रममा संयोजक कृष्णलाल भडेँलले पार्टी एकतालाई खल्बल्याउने गरि जान नहुने बताउदै उहाँले महाधिवेशनमा जानु अगाडि पार्टी भित्रका सबै विवादलाई टुङ्याएर जानु पर्ने बताउनुभयो । बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेश सभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापतिहरु, गरि १८० जनाको सहभागिता रहेको बताउनुभयो ।


3 मिनेट