हामीसँग जोडिनुहोस
Latest
आइतवार, माघ १२, २०८२

एमालेकाे महाधिवेशन लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने जनप्रदर्शन : केपी ओली

1 मिनेट

काठमाडौं, १९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गतेबाट सुरु हुने पार्टी महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।

उहाँले अपिलमार्फत राष्ट्रियता, लोकतान्त्रिक प्रणाली र सुशासनको पक्षमा एमालेलाई ‘७७ वर्षको जनयात्रामा सदैव जनताको साथमा उभिएको शक्ति’ भन्दै आगामी महाधिवेशनमा व्यापक उपस्थितिका लागि आह्वान गर्नुभएको छ । अध्यक्ष ओलीले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथि, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल–सुखी नेपालीको स्वप्नद्रष्टा पार्टीका रूपमा चित्रण गर्दै वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर चुनौतीको समय बताउनुभएको छ ।

उहाँले हालै प्रतिनिधि सभा असंवैधानिक रूपमा विघटन गरिनु, जनादेश प्राप्त सरकार विस्थापित गरिनु, विधिको शासन कमजोर बनाइनु र अराजक समूहहरूको सक्रियता बढ्नु देशको स्थायित्वविरुद्धको षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीका अनुसार देशका मुख्य धरोहरमाथि भएको आपराधिक आक्रमणमा कारबाही नहुनुले समाजमा भय र असहजता सिर्जना गर्ने अवस्था बनेको छ ।

निर्वाचन घोषणा भए पनि त्यसका पूर्व सर्तकारूपमा आवश्यक निर्भयताको वातावरण निर्माण नभएको भन्दै उहाँले स्थापित पार्टी, नेतृत्व र संविधानविरुद्ध निषेध र घृणाको राजनीति बढाइएको  बताउनुभएको छ । ‘लोकतन्त्र फर्काउनु छ, राष्ट्रियता तथा संविधान विरुद्धका षड्यन्त्र परास्त गर्नु छ, यस्तो विशेष परिस्थितिमा हुन गइरहेको महाधिवेशनको ऐतिहासिक महत्त्व छ’, ओलीको अपिलमा उल्लेख छ ।

अध्यक्ष ओलीले महाधिवेशनमा सहभागी हुने जनसमुदायको उपस्थिति नै नेपाली जनताको लोकतान्त्रिक सामर्थ्यको अभिव्यक्ति हुने उल्लेख गर्दै मङ्सिर २७ गते दिउँसो साढे १२ बजे भक्तपुर सल्लाघारीमा उपस्थितिका लागि आमन्त्रण गर्नुभएको छ । ‘महाधिवेशनमा तपाईँको उपस्थितिले नेपाली जनताको लोकतान्त्रिक सामर्थ्यलाई प्रकट गर्ने छ, मंसिर २७ गते तपाईँको एक दिनको योगदानले अराजकता र प्रतिगमन नियन्त्रण गर्न सहयोग पुग्ने छ, महाधिवेशनको भव्य सफलताले लोकतन्त्र बलियो बनाउने छ’, उहाँको अपिल छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।