हामीसँग जोडिनुहोस
Latest
आइतवार, माघ १२, २०८२

नेपाल सम्वत् नेपाल र सबै नेपालीको एकमात्र मौलिक सम्वत : प्रदेश प्रमुख देवकोटा

देशव्यापी रुपमा नेपाल संवत र शखधर साख्वाःको प्रचार प्रसार गर्नु आवश्यक : स्वास्थ्य मन्त्री किरण थापा

4 मिनेट
भक्तपुर, १५ पुस : वागमती प्रदेशका प्रमुख दीपकप्रकाश देवकोटाले नेपाल सम्वत् नेपाल र सबै नेपालीको एकमात्र मौलिक सम्वत भएकाले यसलाई सबैले आत्मासात गरेर जानु पर्ने बताउनु भएको छ ।
राष्ट्रिय विभूति शखधर साख्वाः प्रतिष्ठानले आज यहाँ आयोजना गरेको नेपाल संवत र शंखधर साख्वाः पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय विभूति शंखधर साख्वाः र नेपाल सम्वत दुबै हाम्रा गौरब भएकाल यसलाई लिपिबद्ध गर्दै जानु आवश्यक रहेको बताउनु भएको हो । ओझेलमा परेको ऐतिहासिक व्यक्तित्व साख्वाः र नेपाल सम्ंवतलाई उजागर गर्दै संरक्षण गर्न निरन्तर लागिरहनु गौरबको विषय भएको बताउदै उहाँले यसमा मध्यपुरथिमिको नागरिक समाज, अभियन्ताको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
प्रदेश प्रमुख देवकोटाले मस्तिष्क र ह्दयको संगम रहेको दूर्लभ मावनका रुपमा साख्वालाई लिन सकिने बताउदै कुनै पनि राजनीतिक भूमिकामा आवद्ध नरहेर पनि समाजवाद, सर्वहारावादका क्रान्तिका नायकका रुपमा आफूलाई उभ्याउदै उहाले गरिब किसानको ऋण मोचन गरि सर्वसाधारणको पीडामा मल्हम बन्नु भएको बताउनुभयो ।
सु–संस्कृति र सुसाशन युक्त समाज निर्माणको प्ररेणाका रुपमा साख्वालाई लिन सकिने बताउदै उहाँले भन्नुभयो, ‘नेपाल सम्वतलाई नेवारी सम्वतको रुपमा बुझ्नु इतिहासको अल्पज्ञान हो, नेपाल सम्वत सबै नेपाल र नेपालीको मौलिक सम्वत हो, सभ्य, सुरंस्कृत र सम्बृद्ध देश निर्माणमा साख्वाबाट धेरै सिक्नु जरुरी छ ।’
कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले भाषा, कृति, कला, संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा खाख्वाःको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । मन्त्री थापामगरले भन्नुभयो, ‘प्रदेश सरकारले नेपाल भाषा र तामाड भाषालाई सरकारी कामकाजमा ल्याउन र सरकारी कार्यालयमा प्रयोग गर्न  ऐन बनाएर सुरुवात गरेका छौं । सरकारी कामकाजमा प्रयोगमा ल्याईस्केका छौँ ।’
हरेक जातजातीका भाषा, कला, संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले प्रतिष्ठानका लागि बजेट विनियोजन गरेको बताउदै उहाँले पुस्तकालय सञ्चालन र अन्य शिर्षकमा प्रदेश सरकारले बजेटका विनियोजन गरेको बताउनुभयो । उपत्यकामा मात्र नभई बिभिन्न जिल्लामा बसाई सरेर गएका नेवारको भााषा, कला, संकृतिको क्षेत्रमा संरक्षण र विकासमा लाग्नु आवश्यक रहेको बताउदै उहाँले नेपाल संवत र शखधर साख्वाःको प्रचार प्रसार गर्नु आवश्यक रहेको छ ।  वागती प्रदेश भित्र रहेका आम नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्यमा प्रदेश स्वास्थ्य मन्त्रालय लागिरहको उहाँले बताउनुभयो ।
स्वस्थ्य मन्त्री थापा मगरले भन्नुभयो, ‘कुनै दिन सरकारी अस्पतालमा जाने भनेपछि विरामी डराउथे अबस्था थियो, सरकारी अस्पताल रिफर सेन्टरको रुपमा रहेका थिए, साना रोगका उपचारमा पनि बीर अस्पताल, टिचिड अस्पताल कि त निजी अस्पतालमा जानु पर्ने बाध्यता थियो । तर अहिले प्रादृशिक अस्पतालको सेवा बिस्तार गर्दै गुणस्तरीय सेवा प्रवाह पुर्याएपछि यस्ता अस्पतालहरुमा विरामीको चाप बढेको छ, यसको उदाहरण भक्तपुर अस्पताल पनि हो ।’
उहाँले हरेक जिल्लामा प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्दै सेवालई गुणस्तरीयता दिने कार्य गरिरहेको, जनशक्तिदेखि विशेषज्ञ सेवा सञ्चालन गरेको र आवश्यक प्राबिधिक सामान र मशिनहरु प्रदान गरिरहेको बताउदै उहाँले १३ वटै जिल्लाका प्रादेशकि अस्पताहरुमा डायलोसिस सेवा, हाडजोर्नी सेवा सञ्चालन गरेको बताउनुभयो ।
सुत्केरी हुने महिलाहरु प्रशव पीडामा छटपटाएर धादिडेग, सिन्धली, सिन्धुपाल्चोकदेखि काठमाडौं आउनु पर्ने समस्याको अन्त्य गर्दै प्रादेशिक अस्पतालमै सुबिधा सम्पन्न प्रसुति सेवा सञ्चालनमा ल्याएको बताउदै मन्त्री थापामगरले नगरपालिकाहरुले सञ्चालन गरेका आधारभूत अस्पतालहरुमा समेत जनशिक्त थप गर्न, प्राबिधिक लसामग्रीहरु हस्तान्तरण गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा प्रदेश स्वाथ्य मन्त्रालय लागिरहेको बताउनुभयो । सविधानले स्वास्थ्यलाई मौलिक अधिकार भित्र राखेको बताउदै उहाँले स्वास्थ्य सेवा सबै नागरिकले पाउनुपर्छ भनेर आफू लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल भाषा एकेडमीका चान्स्लर मल्ल के. सुन्दर, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, भाषाविद् सुरेश किरण मानन्धर, प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, जर्मनीमा साख्वाःको प्रतिमा राख्ने कार्यमा सक्रिय, कुमार नापित, लगायतले शंखधर साख्वाले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रमममा विद्या सागर तुलधरले शंखधर साख्वाः अंकित चाँदीका सिक्का प्रकाशन गरि प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति ज्ञानराम श्रेष्ठले नेपाल सम्वत र शंखधर साख्वाको योगदानलाई देशव्यापी फैलाउन प्रकाशित गरिएको पुस्तकको प्रकाशन महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले देशव्यापी रुपमा बिभिन्न जिल्लादेखि अमेरिका, अष्ट्रेलियालगायत बिभिन्न देशमा शंखधर साख्वाःको शालिक स्थापना गर्ने कार्यलाई निरन्तरता दिदै आएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।